१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

पवित्रहाङमा कप : आज जनसहयोग मोरङ र डिएसएफसी इलाम भिड्दै



माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा आज जनसहयोग युवा क्लब मोरङ र डिएसएफसी इलामबीच प्रतिप्षर्धा हुदैछ ।

माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने पहिलो चरणको अन्तिम खेलमा जनसहयोग मोरङ र डिएसएफसी इलामबीच प्रतिप्षर्धा हुने भएको हो । खेल दिउँसो ३ बजे सुरु हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताएकी छन् ।

यसअघि हिजो(शुक्रबार) भएको खेलमा नवोबुद्ध युवा क्लब सप्तरीलाई २–० गोल अन्तरले पराजित गर्दै मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रदेश १ कै सर्वाधिक पुरस्कार राशीको कपको रुपमा रहेको प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको फाइनल खेल भने फागुन २ गते हुनेछ ।

१४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको आर्थिक सहयोग गर्नुहुने महानुभावहरु

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ३ : १७ बजे