७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

किरात हाङसाम थेबा माङहिमको ३२ औ बार्षिक स्थापना दिवस कार्यक्रम तयारी पूरा



पान्थर । किरात हाङसाम थेबा माङहिमको ३२ औ बार्षिक स्थापना दिवस तथा महागुरु फाल्गुनन्द प्रतिमा शिलान्यास कार्यक्रमको तयारी पूरा भएको छ ।

पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर -१, स्याक्वास्थित भोलि शुक्रबार हुने माङहिमको ३२ औ स्थापना दिवस तथा फाल्गुनन्द प्रतिमा शिलान्यास कार्यक्रमको तयारी पूरा भएको आयोजक समितिका सचीव इन्द्रहाङ आङदेम्बेले जानकारी दिए ।

बि.स ०४९ सालमा स्थापना गरिएको किरात हाङसाम थेबा माङहिम स्थापना गरेको ३२ औ बर्ष पुगेको छ । सोहि अवसरमा भोलि शुक्रबार स्थापना दिवस मनाउन लागिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिम, बिशेष अतिथि पालिका उपाध्यक्ष सन्तकुमार शेर्मा लगायत अतिथिहरुको उपस्थितिमा कार्यक्रम हुने भएको छ ।

यसैगरी कार्यक्रम समुदघाटन, महागुरु फाल्गुनन्द प्रतिमा शिलान्यास , शुभकामना मन्तव्य साथै विविध सांस्कृतिक कार्यक्रम रहेको आयोजना समितिले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  २ : ५४ बजे