७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

किरात साम्जिक निसामहिमका तुम सिकसाम्बा फियाक सम्मानित



माङसेबुङ । किरात साम्जिक मुन्धुम निसामहिमका तुम सिकसाम्बा ( प्रधानाध्यापक )  ललितचन्द्र फियाक सम्मानित भएका छन्  ।

पान्थरको मिक्लाजुङ – १ स्यावास्थित किरात हाङ्साम थेबा माङहिम समितिले आयोजना गरेको उक्त किरात माङहिमको ३२ औं स्थापना दिवस कार्यक्रममा तुम सिकसाम्बा फियाकलाई सम्मान  गरेको हो ।

यसैगरी सम्मानितहरू सिंगबहादुर आङ्देम्बे, पृथमाया चेम्जोङ आङदेम्बे ,सुर्यकुमार कुरुम्बाङ, सारदा राई आङ्देम्बे ,सुमन आङदेम्बे , प्रेमराज राई लगायतलाई  अतिथि मिक्लाजुङ -१ का वडाअध्यक्ष घनेन्द्रराज आङ्देम्बेको हस्तबाहुलिबाट  सम्मान पत्र प्रदान गरिएको थियोे   ।

त्यस्तै माङहिम संस्थाको ३२ औं स्थापमा दिवसको अवसरमा माङहिम समितिले ज्येष्ठ नागरिकलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यस्तै सम्मानितहरुमा रुपमाया सेर्मा, राम बहादुर राई ,अटल बहादुर आङ्देम्ने ,भक्त माया योङहाङ आङ्देम्बे अमृतमान आङ्देम्बे , अभिधोज आङ्देम्बे, लाल माया राई , सहाधोज आङ्देम्बे, फौदसिह आङ्देम्बे रहेका छन्  ।

ज्येष्ठ नागरिकलाई सम्मान

 

 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ६ : १२ बजे