७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

संसारभरका लिम्बूलाई एकताको सुत्रमा जोड्ने माध्यम भाषा हो – कुमार लिङ्देन



दमक । संसारभरका लिम्बूलाई एकताको सुत्रमा जोड्ने माध्यम भाषा रहेको पहिचानवादि नेता तथा कवि कुमार लिङ्देनले बताएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष समेत रहेका लिङ्देनले लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ सांस्कृतिक मञ्चको आयोजनामा झापाको दमक ७ स्थित पशुहाटमा शुक्रबार सम्पन्न याक्थुङ साम्लो महोत्सव २०८०  कार्यक्रममा सम्बोधन गर्ने क्रममा लिङ्देनले सो कुरा बताएका हुन् ।

याक्थुङ महोत्सव फागुन १८ र १९ गते गरि दूई दिन सम्म सञ्चालन हुनेछ । आज शनिबार १९ गते भने याक्थुङ साम्लोमा माङसिवाखाहुन र लोपोन्मुख याक्थुङ साम्लोमा ताम्के विषयक दुईवटा कार्यपत्र दमकको किरात भवनमा प्रस्तुत हुने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १ : २२ बजे