७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेम्बाङ समाज नेपालले पूर्वनिधारित कार्यक्रम निषेध गरेपनि २१ औं वार्षिक सेवा भव्य सम्पन्न



इलामः याक्थुङ नेम्बाङ समाज नेपालले विज्ञप्ति जारी गरेर पूर्वनिधारित कार्यक्रम नगर्न नगराउन उल्लेख भएपनि किरात याक्थुङ पेभाकुम नेम्बाङ सङजुम्भोको आयोजनामा गत चैत १२ देखि १७ गते २१ औं नेम्बाङ बार्षिक सेवा सम्पन्न भएको छ ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपोभूमि एवम समाधिस्थ स्थल पान्थरको नाम्भुनयक सिलौटीमा २१ औं नेम्बाङ बार्षिक सेवाको याक्थुङ नेम्बाङ समाज नेपाले विज्ञप्ति जारी गरेर पूर्वनिधारित कार्यक्रम नगर्न नगराउन उल्लेख भएपनि किरात याक्थुङ पेभाकुम नेम्बाङ सङजुम्भोको आयोजनामा  २१ औं नेम्बाङ बार्षिक सेवा सम्पन्न भएको हो ।

नेम्वाङ वंश र मानव जगतको शान्ति, एकता, समृद्धि एवम् पापमोक्षका लागि सेवाको आयोजना गरिएको आयोजक किरात याक्थुङ पेभाकुम नेम्बाङ सङजुम्भोको अध्यक्ष नन्द कुमार नेम्बाङले बताए ।

बार्षिक सेवाको पहिलो दिन चैत १२ गते फिदिम ७ तिदाङवा–आप्ताङवा सुम्वदो(त्रिवेणी)मा साकमुरा माङहुप वदेम्मा सेवा सम्पन्न भएको थियो ।
यसैगरि चैत १३ देखि १६ गते सम्म सावायेत लाधुङसेमी सेवा र दैनिक १००८ दीप प्रज्वलन महागुरु फाल्गुनन्द तपोभुमि एवम् समाधिस्थल नाम्भुनयक शिलौटीमा सम्पन्न भएको थियो ।

किरात धर्म तथा साहित्य उत्थान संघ पाँचथर जिल्ला अध्यक्ष ध्रुव तुम्बापोको प्रमुख आतिथ्यमा चैत १५ गते १००८ दीप प्रज्वलन, वार्षिक प्रतिवेदन र क्यालेन्डर सार्वजनिक, आर्थिक सहयोग दाताहरूलाइ धन्यवाद ज्ञापन र शारीरिक तथा मानसिक सहयोग दाताहरूलाई प्रशंसा पत्र वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

यस्तै चैत १७ गते सावायेत लाधुङसेमी सेवा सँगै १००८ दीप प्रज्वलन गरेर २१ औं नेम्बाङ बार्षिक सेवाको समापन भएको गरिएको आयोजकका अध्यक्ष नेम्बाङले बताए ।
शान्ति एकता र समृद्धिका लागि आयोजना गरिएको सेवामा पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौं र भारतको सिक्किम र दार्जिलिङबाट समेत सहभागिता रहेको थियो ।

याक्थुङ नेम्बाङ समाज नेपालको विज्ञप्ति

 

 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ४ : ५४ बजे