८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

साझा उम्मेदवार डकेन्द्रसिंहले पाए मुढा चुनाब चिन्ह



इलाम: पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह मुढा प्राप्त गरेका छन।

आगामी बैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनका लागि साझा उम्मेदवारका रुपमा थेगिमको उम्मेदवार रहेको हो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत्र २७ गते स्वतन्त्रलाई चुनाब चिन्ह प्रदान गरिएको हो।
प्रदेश १ पुनः नामाङकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन सहित ३ वटा दल को समेत समर्थन रहेको छ ।

पाचौं नम्बरमा मनोनयन दर्ता भएको थेगिमको घरदैलो चुनाबी अभियान ब्यापक चलिरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १२ : २४ बजे