माङसेबुङ : नयाँ बुलन्दकर्मी एबम् इलामका क्रियाशील पत्रकार प्रकाश नेपाल पुरस्कृत भएका छन । बुलन्द मल्टिटेनिकल मिडिया प्रा.लि इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको आठौ वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार -२०८१ बाट नेपाल पुरस्कृत भएका हुन ।
हिमालय टाईम्स राष्ट्रिय दैनिकका र इमेज टेलिभिजनका जिल्ला संवाददाता नेपाल नयाँ बुलन्द डटकमका उपसम्पादक समेत हुन । सोमबार इलामको माङसेबुङमा आयोजित कार्यक्रममा नेपाल सम्मानित भएका हुन । उनलाई प्रमुख अतिथी माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले दोसल्ला र सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गरेका थिए ।