७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङसेबुङमा लिम्बू भाषा कक्षा १२ को परिक्षा सम्पन्न



लिम्बू भाषा माध्यमिक शिक्षा बोर्डले जारी गरेको कक्षा ११ र १२ परीक्षा तालिका अनुसार आज शुक्रबार कक्षा १२ को परीक्षा सम्पन्न भएको छ ।

इलामको माङसेबुङ ५ अवस्थित श्री सरस्वती माध्यमिक बिधालयमा कक्षा १२ को परिक्षा सफलतापुर्वक सम्पन्न भएको हो ।

सो परिक्षा केन्द्रमा २८ जना परिक्षार्थी रहेकोमा २४ जना बिद्यार्थीले १२ कक्षाको परिक्षा लेखेका छन् । परिक्षामा ७ जना छात्र सहभागी रहेका थिए । भने , १७ जना छात्रा परिक्षार्थीहरुले लिम्बु भाषाको परिक्षा लेखेको जनाइएको छ । भोलि शनिबार कक्षा ११ परिक्षा हुने जनाइएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ५ : ४५ बजे