६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

भारतको जयगाउँ,कालिम्पोङ र जलपाइगुडीको संयुक्त माङसेवासाबा पान्जुम्भोको अध्यक्षमा जिआर चाम्लिङ



भारतको पश्चिम बङगाल जयगाउँ मैारेफारी , कालिम्पोङ र जलपाईगुडीको संयुक्त किरात साम्यो माङसेवासाबा पान्जुम्भोको पुनर्गठन गरिएको छ ।

सनिवार जून २२ तारीखका दिन पश्चिम बंगालको जयगाउँ , कालिम्पोङ र जलपाईगुडीमा रहेको किरात धार्मिक माङसेवासाबाहरुको संयुक्त भेलाले जिआर चाम्लिङ राईको अध्यक्षतामा माङसेवासाबा पान्जुम्भोको नयाँ कार्यसमिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा ॠतिक पङयागाे सचिव अर्जुन कुलुङ सहसचिव एलबि राई कोषाध्यक्ष बि. एम सङबाङफे सहकोषाध्यक्ष पुर्ण फागाे रहेको छ ।

यसैगरी सदस्यहरुमा पर्सन राई सगर राई सुरिया सुब्बा चन्द्रदुमी ताङलुवा राई रहेकोे छन् ।

कार्यक्रममा प्रमुख अतिथि रनधोज इदिङगो लिम्बू ,बिशेष अतिथि साङदाङगेनवरुमसाबा देवमान लाबुङ लिम्बु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पान्जुम्भोको सल्लाहकार संयोजकमा पूर्ण सुनुवार भक्त बहादुर राई सेमलाल माक्रीहाङ राई सनबहादुर दुखुन राई सजना गुरुङ राई हर्क फियाक लिम्बू किसाेर चाैरासे राई रहेको छन् ।

प्रकाशित मिति : १० असार २०८१, आइतबार  ४ : १८ बजे