८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

मुन्चइत चोक सयङ नेपाल र भारत सिक्किमविच सम्बन्धन लिनेदिने सहमति



काठमाडौ । नेपाल र भारतका दुई चलचित्रकर्मी संस्थाहरुवीच सम्बन्ध लिनेदिने कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा याक्थुङ मुन्चइत चोक सयङको १५ औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा याक्थुङ मुन्चइत चोक सयङ नेपाल र याक्थुङ मुन्चइत चोक सयङ भारत सिक्किमविच एकापसमा सम्बन्धन लिनेदिने सहमति भएको हो ।

४ बुँदे सम्बन्धनपत्रलाई आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिती चलचित्र विकास बोर्डका संयोजक ज्योतिराज राइले साँचिको रुपमा वाचन गरेर सुनाएका थिए । सम्बन्धपत्रमा नेपालको तर्फबाट अध्यक्ष सागर केरुङ, महासचिव रुपा आङ्बुहाङ र भारत सिक्किमको तर्फबाट अध्यक्ष मोनिकुमार सुब्बाले हस्ताक्षर गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि मुन्धुमविद येहाङ लावती, किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेन, बोर्डका संयोजक ज्योतिराज राई, किरात राई चलचित्रकर्मि संघका महासचिव किरण राई, पुर्व जर्णेल होमित लावती, चुम्लुङ्का पुर्व केन्द्रीय अध्यक्ष तथा प्रोफेसर अर्जुन नुगो, चलचित्र निर्मात्री कल्पना योङ्हाङ, संस्कृतिविद गोविन्द आङ्बुङ लगायत सिक्किम र नेपालवीच भएको सम्बन्धनपत्रको प्रसंसा गरेका थिए ।

चलचित्रसंग सम्बद्ध साझा उदेश्यहरुमा सहकार्य गरेर अघि बड्ने महासचिव रुपा आङ्बुहाङ्ले बताईन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ५ : ४० बजे