इलाम: आगामी कार्तिक २५ गते हुने राष्ट्रिय बिभूति महान समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्ती केन्द्रीय समारोह कार्यक्रम इलामको सन्दकपुर ४ माबुको हाङमादेनमा हुने भएको छ ।
किरात धर्मगुरु आत्मानन्द लिङ्देन ” सेइङ ” तथा मुहिङगुम अङसीमामाङ साँबा पबित्रहाङमा लिङ्देनज्युहरुको देवसवारीमा अङसीमाङ अङसीमामाहरुको हस्तबाहुलीबाट किरात फाआप मिङ्सो माङहिम समुदघाटन र महागुरुज्युको पुर्ण कदको सालिक अनावरण सहित केन्द्रीय कार्यक्रम सुसम्पन्न हुने किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले समाजिक सन्जाल मार्फत जानकारी गराएका छन् ।
सघको बैठकको निर्णय
मिति २०८१ भदौ ८ गते किरात धर्म साहित्य उत्थान संघ केन्द्रीय समितिको कार्यालय दमकमा संघको राष्ट्रिय समिति तथा जिल्ला समितिहरु लगायत बसेको संयुक्त बैठकमा राष्ट्रिय बिभूति महान समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको आगामी २०८१ कार्तिक २५ गते सम्पन्न हुने १४० औं जन्मजयन्ती बारेमा तपसिल बमोजिमको निर्णयहरु भएको सम्बन्धित सबैमा जानकारी गरिन्छ ;
१) इलाम जिल्लाको सन्दकपुर गापा -४ माबुको हाङमादेनमा पुजनीय किरात धर्मगुरु आत्मानन्द लिङ्देन ” सेइङ ” तथा धर्मगुरुआमा साँबा पबित्रहाङमा लिङ्देनज्युहरुको हस्तबाहुलीबाट किरात फाआप मिङ्सो माङहिम समुदघाटन र महागुरुज्युको पुर्ण कदको सालिक अनावरण सहित केन्द्रीय कार्यक्रम सुसम्पन्न हुने । संघको केन्द्रीय समिति राष्ट्रिय समिति र जिल्ला समिति इलाम यहि कार्यक्रममा समाहित हुने।
२) संघको बाँकी अन्य जिल्लाहरु झापा, मोरङ, सुनसरी, पान्थर धनकुटा , तेह्रथुम , ताप्लेजुङ,काठमाडौ उपत्यका ३ जिल्लाहरुले सदाका बर्षहरु झै आआफ्नो जिल्लामा जन्मजयन्ती सम्पन्न गर्ने ।
३) हरेक जिल्लाले आआफ्नो क्षेत्रभित्र रहेका माङहिमहरुमा बिश्व शान्ति, चराचर प्राणी जगतको कल्याणका लागि सेवा,पुजापाठ सम्पन्न गरी हरेक माङहिम परिसरमा महागुरुको नाममा कार्तिक २५ गते बेलुकी साँझमा न्युनतम १४० दियो बत्ती बाली दीप प्रज्वलन गर्न निर्देशन दिने।
४) नेपाल बाहेक बिश्वका विभिन्न मुलुकमा स्थित किरात धर्मसँग सम्बद्ध संघ संगठन तथा माङहिमहरुले आफ्नो अनुकुलता अनुसार सदा झै महागुरु फाल्गुनन्द जन्मजयन्ती भब्य सम्पन्न गर्न अनुरोध सहित पत्राचार गर्ने ।