८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

पवित्रहाङमा गोल्ड कपको उपाधि दिपेन्द्र शिखर इलाम चुम्यो



माङसेबुङ । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि दिपेन्द्र शिखर फुटबल क्लव इलामले चुमेको छ ।

इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार सम्पन्न फाइनल खेलमा कनकाई नगरपालिका झापामाथि १–० को कठिन जित निकाल्दै दिपेन्द्र शिखर इलामले उपाधि कव्जा गरेको हो ।

इलामको जितमा सोष्तिमा विकले निर्णायक गोल गोरिन । उनले खेलको ४५औं मिनेटमा गोल गोल गरेकी हुन् ।

उपाधि कव्जा गरे सँगै इलामले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाण पत्रा हात पारेका छन् ।

उपविजेता बनेको कनकाई झापाले भने ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका छन् ।

यसैगरी खेलको उदयीमान खेलाडी ताप्लेजुङ फुबल संघकी प्रजिता राई घोषित हुँदा उत्कृष्ट गोलकिपर दिपेन्द्र शिखर इलामकी झरना नगारकोटी, अत्कृष्ट डिफेन्डर दिपेन्द्र शिखर इलामकी सजिना कोइराला, उत्कृष्ट खेलाडी दिपेन्द्र शिखर इलामकी सोष्तिामा विक र सर्वाधिक गोल कर्ता कनकाई झापाकी समिक्षा मगर घोषित भईन । विधागत उत्कृष्ट खेलाडीहरुलाई नगर सहित ट्रफी प्रदान गरिएको थियो ।

विजेता उपविजेता खेलाडीहरुलाई माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्बाङबाट पुरस्कार वितरण गरिएको थियो ।

लालकुमारी लावुङको अध्यक्षता र गोरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलमती राजबंशीको प्रमुख आतिथ्यमा सम्पन्न फाइनल खेलमा अध्यक्ष मनप्रसाद आङबुहाङको स्वागत मन्तव्य,सचिव सरिता राईको सञ्चालन रहेको थियो ।

प्रतियोगितामा आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  २ : ५० बजे