१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

विश्व शान्तिका लागि सेवा सुरु, दोस्रो भविष्यवाणीको तयारी



माङसेबुङ । विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंव दोस्रो माङ इङघङ भविष्यवाणी समारोहको तयारी पूरा भएको छ ।

यसरी सप्ताह व्यापी रुपमा आयोजना गरिएको समारोह अन्तर्गत मंगलबार (जेठ २० गते) विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवाका लागि मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसमुपस्थितीमा किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुङ लाधुङ सेमी सुरु भएको छ ।

आयोजक समितिका अध्यक्ष योङहाङका अनुसार सेवा समारोह अन्तर्गत जेठ २१ र २२ गते विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंवम दोस्रो माङ इङघङ भविष्यवाणी २०८२ समारोहको तयारी गरिने छ ।

 

समारोह अन्तर्गत जेठ २३ गते विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंवम दोस्रो माङ इङघङ भविष्यवाणी समारोह विहान ७ बजे समुद्घाटन हुनेछ । सोही दिन मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूबाट अमृतमय माङ इङघङ भविष्यवाणी प्रदान हुने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

जेठ १६ देखि २३ गतेसम्म किरात धार्मिक तीर्थस्थल माङसेबुङमा आयोजना गरिएको सेवालाई भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण किरात धार्मिक संघ संस्थाहरु आयोजक समिति रहने गरी किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ ।

सेवा समारोह अन्तर्गत गत जेठ १६ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देननज्यूहरुको देवसमुपस्थितीमा माई, देउमाई र मेक्वा खोलाको संगमस्थल फुलुङगीमा साक्मुरा वादेम्मा सेवा भव्य रुपमा सम्पन्न गरिएको आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ३ : ४३ बजे