३ बैशाख २०८३, बिहिबार | Fri Apr 17 2026

‘समाजमा मानव भएर बाँच्न किरात धर्म ग्रहण गरेँ’



पूर्ण कार्की ढोली‚ किरात धार्मिक संस्था किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा‚ केन्द्रीय समितिका सदस्य हुनुहुन्छ। लामो समयदेखि यस संस्थामा काम गर्दै आउनुभएका उहाँ कसरी किरात धर्मावलम्बी हुनुभयो?

समाजमा दलित भनी गरिएको अमानवीय व्यवहारको भुक्तभोगी कार्की ढोलीले पहिलोपटक किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ र गुरुआमा पवित्रहाङमा साँबा लिङ्देनको दर्शन पाउँदा उहाँहरुले सबै मानव एकै भएको र किरात धर्ममा सबैलाई समानरुपमा व्यवहार गरिने भन्नुभएपछि प्रभावित भएर किरात धर्म ग्रहण गरेको बताउनुहुन्छ।

आखिर के कुराले उहाँलाई प्रभाव पर्यो? कार्की ढोली भन्नुहुन्छ‚ ‘धर्मगुरु र गुरुआमासँग पहिलो भेटमा उहाँहरुले सबै मानव एउटै भएको‚ घामले सबैलाई समान रुपमा पोल्ने‚ हावा सबैले बराबरी पाउने भएकाले समाजमा केही पनि सानो वा ठूलो जात‚ छुत अछुत नहुने भन्नुभयो। यो कुराले मलाई प्रभावित गर्यो। यस धर्ममा नै मैले मानव भएर बाँच्न पाउने र संस्कार पनि पाउने देखेर किरात धर्म ग्रहण गरेँ।’

धर्मगुरु र गुरुआमा ईश्वरको रुपमा मानवलाई सत्मार्गमा हिँडाउन मानव चोलामा जन्मावतरण हुनुभएको कार्की ढोलीको बुझाइ छ। उहाँ भन्नुहुन्छ‚ ‘ईश्वर स्वयं आएर मान्छेसँग बोल्दैन। मान्छेसँग बोल्न र ज्ञान दिन त मानव भएरै जन्मिनुपर्यो नि।’

प्रकाशित मिति : १८ श्रावण २०८२, शनिबार  १ : ४५ बजे