२८ आश्विन २०८२, मंगलबार | Wed Oct 15 2025

पथरीलाई धनमाया कपको उपाधि



माङसेबुङ । धनमाया राना साम्पाङ तेस्रो स्मृति कपको उपाधि मोरङको पथरी शनिश्चरे महिला फुटबल क्लबले उचालेको छ।

माङसेबुङ-५ को आत्मानन्द रंगशालामा असोज २८ गते सम्पन्न फाइनलमा पथरीले इलामको महमाई एकता क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा पथरीले २–० अग्रता बनाएको थियो । दोस्रो हाफमा २ गोल थप्दै पथरीले उपाधि चुमेको हो । महमाईले पाएको केही राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा खेलमा पराजित हुन पुगेको थियो ।

पथरीले सेमिफाइनलमा मुजुरभिटा युथ क्लबलाई टाइब्रेकरमा ५–४ स्तब्ध पार्दै फाइनलमा स्थान पक्का गरेको थियो । यसैगरी महमाईले मंलबारे युनाइटेड झापालाई पाखा लगाएर फाइनल प्रवेश गरेको थियो ।

खेलको उत्कृष्ट खलाडी लोरयाक्स राई, सर्वाधिक गोलकर्ता मलिका तामाङ, उत्कृष्ट गोलकिपर शर्मिला मगर र उत्कृष्ट डिफेन्डर कमला श्रेष्ठले जितेका छन् । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

आत्म पवित्र खेलकुद समितिले स्वर्गीय धनमाया साम्पाङको स्मृतिमा प्रतियोगिता आयोजना गरेको हो । पुरस्कारको प्रायोजन स्वर्गीय साम्पाङको श्रीमान् बलबहादुर साम्पाङले गरेको छन् । खेलको सहआयोजना युथ अफ माङसेबुङले गरेको हो ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १ : ३१ बजे