१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

आत्मानन्द गोल्डकपको सेमिफाइनल समीकरण पूरा



इलामको माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा जारी आत्मानन्द गोल्डकपको सेमिफाइलन समीकरण पूरा भएको छ। मंसिर ७ गतेदेखि शुरू भएको प्रतियोगिताको आज भएको अन्तिम क्वाटरफाइनलमा दमक भाङबारी स्पोर्टिङ क्लबले जित हात पारेको हो।

आत्मानन्द गोल्डकपको १८औं संस्करणमा दमक झापाको दमक भाङबारी स्पोर्टिङ क्लब‚ पथरीशनिश्चरे मोरङको सिरिजंगा स्पोर्टिङ क्लब‚ शिवसताक्षी झापाको दुधे युथ क्लब र लेटाङ मोरङको लेटाङ फुटबल क्लबले सेमिफाइलन यात्रा तय गरेका छन्।

दुधे युथ क्लब

सिरिजंगा स्पोर्टिङ क्लब

प्रतियोगिताको पहिलो सेमिफाइनल मंसिर १३ गते सिरिजंगा स्पोर्टिङ क्लब र दुधे युथ क्लबबीच हुनेछ। यस्तै‚ दोस्रो सेमिफाइनल लेटाङ फुटबल क्लब र भाङबारी स्पोर्टिङ क्लबबीच मंसिर १४ गते हुनेछ। प्रतियोगिताको फाइनल मंसिर १७ गते हुनेछ। दुधे युथ क्लब डिफेन्डिङ च्याम्पियन टिम हो। गत सालको उपविजेता पान्थरको तिजोक युवा क्लब पहिलो खेलमै लेटाङसँग पराजित भइसकेको छ।

लेटाङ फुटबल क्लब

भाङबारी स्पोर्टिङ क्लब। तस्बिरहरूः योगेश लाओती

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७२औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितमा आठ टिम सहभागी थिए। प्रतियोगितका विजेताले नगद ३ लाख ११ हजार १७२ र उपविजेताले २ लाख ११ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्नेछन्।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्सलाई जनही ८ हजार १७२ रुपैयाँका साथ नगर र ट्रफी प्रदान गरिने छ। यसैगरी उदीयमान खेलाडी, उत्कृष्ट कोचले जनही ८ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन्। साथै खेलका म्यान अफ् द म्याचले ५ हजार १७२ प्राप्त गर्नेछन्।

प्रकाशित मिति : ११ मंसिर २०८२, बुधबार  ८ : ४६ बजे