१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

सिरिजंगालाई आत्मानन्द गोल्डकपको उपाधि



आत्मानन्द गोल्डकप २०८२ को उपाधि सिरिजंगा स्पोर्टिङ क्लबले चुमेको छ। उपाधिसँग सिरिजंगाले नगद ३ लाख ११ हजार १७२ रुपैयाँ प्राप्त गरेको छ।

इलामको माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा सम्पन्न १८औं संस्करणको प्रतियोगिताको फाइनलमा पथरीशनिश्चरे नगरपालिकाको सिरिजंगाले लेटाङ नगरपालिकाको लेटाङ फुटबल क्लबलाई ट्राइब्रेकर ६-५ गोल अन्तरले पराजित गरेको हो। प्रतियोगितको उपविजेता लेटाङ २ लाख ११ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गरेको छ।

तस्वीरहरुः सुमन लाओती

प्रतियोगितामा सर्वाधिक गोलकर्ता संजय धिमाल, उत्कृष्ट गोलकिपर प्रनिश गच्छदार, उत्कृष्ट डिफेन्स विशाल भण्डारी, प्लेयर अफ द टुनामेन्ट निरज परियार भएका छन्। उनीहरुले जनही ८ हजार १७२ रुपैयाँका साथ ट्रफी प्राप्त गरेका छन्। यसैगरी उदीयमान खेलाडी अनम लिम्बू र गगन लिम्बू भएका छन्। उत्कृष्ट कोचको उपाधि सिरिजंगाका चेतन खतिवडा भएका छतन्। उनीहरुले जनही ८ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन्।

प्रकाशित मिति : १८ मंसिर २०८२, बुधबार  ५ : ५३ बजे