पूर्ण कार्की ढोली‚ किरात धार्मिक संस्था किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा‚ केन्द्रीय समितिका सदस्य हुनुहुन्छ। लामो समयदेखि यस संस्थामा काम गर्दै आउनुभएका उहाँ कसरी किरात धर्मावलम्बी हुनुभयो? समाजमा दलित भनी गरिएको अमानवीय व्यवहारको भुक्तभोगी कार्की ढोलीले पहिलोपटक किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ र गुरुआमा पवित्रहाङमा साँबा लिङ्देनको दर्शन पाउँदा उहाँहरुले सबै मानव एकै भएको…