३ असार २०८३, बुधबार | Thu Jun 18 2026

माङसेबुङमा बान्तवा भाषा पठनपाठनको तयारी

माङसेबुङ गाउँपालिकाका विद्यालयहरूमा राई बान्तवा भाषाको पठनपाठन हुने भएको छ। गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा साउन २३ गते बसेको बैठकले बान्तवा भाषा पठनपाठन गर्न आवश्य पाठ्यक्रम निर्माणका लागि मदनकुमार राईको संयोजकत्वमा समिति ‘बान्तवा भाषा पाठ्यक्रम लेखन कार्यदल’ गठन गरिएको छ। राई गाउँपालिका शिक्षा समितिका सदस्य तथा जीवनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्। समितिको सदस्यमा सिङ्घेश्वरी आधारभूत…