किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ले किरात धर्मावलम्बीहरू सधैं शान्तिको पक्षमा रहेको बताउनुभएको छ। मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको १४१औं जन्मजयन्तीको अवसरमा झापाको कमल गाउँपालिका-३‚ केरखा‚ फाल्गुनन्द टोलमा आयोजित कार्यक्रममा धर्मगुरु लिङ्देनले आशीर्वचन दिनुहुने क्रममा किरात धर्मावलम्बीहरू सधैं शान्तिको पक्षमा रहने बताउनुभयो। ‘हामी किरात धर्मावलम्बीहरु झै झगडा नहोस् भन्ने भावनाका छौं‚’ उहाँले भन्नुभयो‚ ‘विश्व शान्ति…