७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

१ नम्बर प्रदेशको नामाकरणमा लिम्बुवान छुट्याइए बिद्रोह हुन्छ :कुमार लिङदेन मिराक



किरात समाचार: संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध लिम्बुवान राष्ट्रिय मंच नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले १ नम्बर प्रदेशको नामाकरण गरिदा लिम्बुवान लाई छुटाए बिद्रोह हुने बताएका छन् ।

पान्थरको कुम्मायक गाउपालिका २ माङजाबुङको लामाटारमा सम्पन्न किरात याक्थुङ पापोहाङ सेर्मा सङजुम्भोको चौथो महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन समारोह कार्यक्रम   मा मन्तव्य दिने क्रममा सो कुरा बताएका हुन । आगामी दिनमा १ नम्बर प्रदेशको नामकरण गर्दा लिम्बुवान छुटे राम्रो नहुने बताएका थिए । प्रदेश १ को नाममा यो ऐतिहासिक भुमिमा हिजो काङसोरे , फाल्गुनन्द , इमासिं चेम्जोङ ,सिरिजङगाहरुले थालेको अभियान प्रदेशको नामकरण गर्दा लिम्बुवान नाम छुटे यो देशमा नौ रेक्टर स्केलको भुकम्प आउछ भनेर बारम्बार भन्दै आईरहेको बताए ।

कार्यक्रममा लिङ्देनले भने हामी प्रदेश नामकरण लागि लडिरहेको छौ । यहाँ ७ नम्बर प्रदेशको नाम सुदुरपश्चिम ६ नम्बर को कर्णाली ५ नम्बरको को लुम्बिनी ४ नम्बरको गण्डकी ३ को बागमती र प्रदेश नम्बर २ को मधेस भएको बताउदै उनले भने मधेस प्रदेशको लागि कांग्रेस ,एमाले,माओवादीका संसदहरु पार्टी भन्दा माथी उठेर भोट दिए त्यहा कसैले कार्वाही गर्न नसकेको बताए । कुमार लिङ्देनले १ नम्बर प्रदेशको नामकरण गर्दा लिम्बुवान नामकरण गर्नको लागि एमाले , कांग्रेस , माओवादी , नेकपा एकीकृत समाजबादी, जनमुक्ति समाजबादी , मंगोल लगायत सबै राजनीतिक पार्टीलाई बिराटनगरको संसद भवनमा लिम्बुवान हुनुपर्छ भनेर एकहुन आह्वान तथा अनुरोध समेत गरे ।

यसैगरी लिङ्देनले भने सेर्माहरुले किरात धर्म , किरात याक्थुङ चुम्लुङ र राजनीतिक क्षेत्रमा धेरै योगदान पुर्याएको भन्दै यो महाधिवेशनले यो लिम्बुवान भुमी , लिम्बू समुदाय र सेर्मा बंशहरुको लागि नया नया योजनाहरु ल्याउन सकोस भन्दै शुभकामना समेत दिएका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ६ : ४४ बजे