११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

समाजसेवी त्रिभुवन लुम्फुङवा अभिनित ‘चोत्लुङ पार्क’ सार्वजानिक



किरात समाचारः चर्चित गीत ‘चोत्लुङ पार्क’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोलाई मंगलबार ललितपुरस्तिथ युङ्चाहिममा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको हो । प्रमुख अतिथि राजेश पायल राईले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै गर्नुभएको थियो ।

लामो समयदेखि हङकङमा व्यावसाय संचालन गर्दै आएका त्रिभुवन लुम्फुङ्वाको किरात याक्थुङ चुम्लुङमा ठूलो योगदान गर्नुहुदै चुम्लुङको परिकल्पनाकार उनलाई समयले गीतसंगीततर्फ तानेका गीतहरुमा लगानी गर्दै आएका हुन ।

भिडियोका मोडल लुम्फुङ्वाले यो आफ्नो पहिलो म्युजिक भिडियो भएको र आफू व्यावसायिक कलाकार नभएर मनोरञ्जनको रुपमा मात्रै प्रस्तुत भएको बताए ।

त्यस्तै, बोल्ने क्रममा कलाकार तथा मुन्धुमविद यासेली योङ्हाङले आफू र आफू सम्वद्ध संस्था किरात याक्थुङ चुम्लुङको तर्फबाट उक्त भिडियोका लागि शुभकामना व्यक्त गरेका थिए । ‘चोत्लुङ पार्क’ भिडियो निर्माण समुहको काम विगतमा पनि नियाँलेको हुँदा यस भिडियोप्रति कुनै शंका नरहेको उनको भनाइ थियो ।

विमोचन कार्यक्रममा अन्य अतिथिहरु चलचित्र विकास वोर्ड, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्धन समितिका अध्यक्ष साथै याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, प्रथम नेपाली तारा दिपक लिम्बु, निर्देशक तथा छाँयाकार भुपेन्द्र तुम्बाहाम्फे, निर्देशक किरण चाम्लिङ, जेपी नेम्बाङ, पदम राई, नृत्य तथा मोडल अनिसहाङ लाओती लगायत रहेका थिए ।

साहित्यकार दिलदुखी जन्तरेको शब्द रहेको ‘चोत्लुङ पार्क’ बोलको गीतमा सुनिता संयक र पेपराज माबुहाङको आवाज रहेको छ भने संगीत सुुसुवेन संजय तुम्बाहाङ्फेको रहेको छ । त्यस्तै, गीतको संयोजन टेकेन्द्र यक्सो र मिक्सिङ राजु कार्कीले गरेका छन् । यस गीतले भिडियो निर्माण हुनु अघि नै लाखौं स्रोतहरुको मन जितिसकेको थियो ।

शेरबहादुर लक्सम्बा, हिम सिंगक, पृथ्वि इङ्नाम र रेजिन साँवाको निर्माणको बनेको सो गीतको भिडियोलाई तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकास्थित चोत्लुङ पार्कमा छायांकन गरिएको छ ।

भिडियोमा सोना लिम्बु, त्रिभुवन लुम्फुङ्वा, विष्णु मोक्तान र संगीता लावतीको मुख्य अभिनय रहेको छ भने टिआर सेनेहाङ, रवि किरण मादेन, फिपराज थुलुङ राई, रितुराज राई, दलमान माबुहाङ, दुर्गा लिम्बु र पुष्पा लिम्बुले पनि अभिनयमा साथ दिएका छन् । निर्देशन, दिनेश माङ्मुको कोरियोग्राफी, अनिल रानाको सम्पादन रहेको छ ।
लिम्बु समुदाय ढुकढुकीमा रहन सफल भगत सुव्वाको विशेष आतिथ्यतामा विमोचन कार्यक्रमलाई विश्व लिम्बुले संचालन गरेका थिए । ‘चोत्लुङ पार्क’ म्युजिक भिडियो सुनिता सङ्यकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : ०७ बजे