७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

झापामा आत्मा-पवित्र माङ्हिम किरात धर्मगुरुबाट शिलान्यास



किरात समाचार : झापाको हल्दिबारी,गोलधाप स्थित बैशाख ६ गतेदेखि सम्पन्न येत्नाम्धुङ सेमि सेवाको आज अन्तिम दिन किरात माङ्हिम संगै निसामहिम शिलान्यास भएको छ ।

आज ९ गते शुक्रबार झापाको हल्दिबारी गाउपालिका वडा १ स्थित किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको हस्तबाहुलिबाट किरात आत्मा पवित्र सेवालुङ माङ्हिम तथा निसामहिम शिलान्यास गर्नु भएको हो ।

येत्नाम्धुङ सेमिसेवा कार्यक्रमका प्रमुख अतिथी हिन्दु महासंघ उपाध्यक्ष यज्ञप्रसाद ओलि रहेको थियो भने बिशिष्ट अतिथी बि.एन्ड.सि टिचिङ अस्पतालको कार्यकारी निर्देशक दुर्गा प्रसाईं , गुरुनिजी कानुनी सल्लाहकार भिम खत्रीले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी कार्यक्रममा अतिथिहरु अङसिमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ , उपाध्यक्ष कमला तुम्बापो गुरुनिजी सचीवद्वय खड्ग साम्बा,टंक लिङ्देन ,गुरु पूर्व निजी सचिव नविन लिङदेन माङमिङसोहाङ, गुरुनिजी कानुनी सल्लाहकार एन.एस फागो , भिम खत्री, गुरुनिजी आश्रम कृषि समितिका सचीव तुम्बापो ,माङ्सेबुङ हेरिटेज प्राली अध्यक्ष शेरबहादुर लाओती गुरु निजी कानुनी एन.एस फागो , लगायत किरात , हिन्दु धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङ्गुम अङ्सीमामाङ साबा लिङ्देनज्युहरुको मुखारविन्दबाट अमृतमय आशीर्वचन समेत प्रदान गर्नुभएको थियोे । झापा हल्दिबारीवासी किरात भक्तजनहरु संग भेटघाट समेत गर्नुभयो । यसैगरी हल्दिबारी निवासी सशस्त्रका डि.आई.जि देबेन्द्र खिम्दिङ ,राजेन्द्र लिङ्देन , हर्क लिङ्देन ,ओतराज लिम्बू र बिर्तामोड निवासी हिमाल कन्दङ्वा लगायत भक्तजनहरुको निवासमा भेटघाट गर्नुभएको थियोे ।

कार्यक्रम माङ्हिम अध्यक्ष टीका प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य पुर्ण कन्दङ्वाले गरेको थियोे भने कार्यक्रम संचालन आन्छुमे नसानले गरेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ४३ बजे