तेह्रथुम : साउने सङ्क्रान्तिलाई विश्वभरीका किरात समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्दछन । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा भाेलिको दिनबाट नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा रहेकाे छ ।
नेपालको पूर्वमा जिल्लामा बसोबास गर्ने किरात समुदायले सिसेक्पा तङ्नाम साउने सक्रान्तिका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) सङ्कलन गरी ल्याउने परम्परा रहेकाे छ।” दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै फलफुलहरू सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहिआएको किरात धर्म तथा साहित्य उत्थान सघ तेह्रथुमका सदस्य साम थाम्देन थाङबेनले बताउनुभयाे ।
सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्दछन् गर्दै सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो–मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासि थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन् ।
प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवा–युवतीले घरमूली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर निकाल्ने परम्परा रहेकाे मेयङलुङ नगरपालिका वाडनम्बर ९ साब्ला फुङसीङमाटाेमा बस्नुहुने ८६ बर्षिय बृद्व घनश्याम सावादेनले बताउनुभयाे ।किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा अनिकाला वा दुःख–पीडालाई त्यसरी पर्वको रूपमा मनाउँदै अाएकाे किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चाेङबाङले बताउनुभयो ।
आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी जनजाति पूर्वका किरात लिम्बू, राई तराईका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई सिसेक्पा तङनामको रुपमा माउर्दै आएकाछन । किरातले सिसेक्पा तङनाम (साउनेसङ्क्रान्ति) र कक्फेक्वा तङनाम (माघे सङ्क्रान्ति)लाई महान् पर्वको रूपमा मनाउने गरेकाे किरात समुदायहरूले बताउदै आएकाछन ।”
सिसेक्पा तङनाम येलेतङबे ५०८२ साउने सक्रान्ती २०७९ भाेली राष्ट्रिय चाड रूपमा सिसेक्पा तङ्नामकाे अवसरमा शुभकामना अादान प्रदान, लिम्बू भाषाकाे पालाम, कविता, गजल वाचन कार्यक्रम तेह्रथुमको छथर गाउपालीकाे शुक्रबारेमा किरात याक्थुङ चुम्लुङ तेह्रथुम ,किरात याक्थुङ चुम्लुङ छथरकाे अायाेजना तथा लिम्बुभाषा तथा सास्कृतिक बिकास केन्द्र छथर र किरात याक्थुङ चुम्लुङ छथरकाे ब्याबस्थापनमा हुनलागेकाे किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सचिब राजकुमार तेयुङले बताउनुभयाे।