७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सपुतको पिरः धम्की नरोकिए युथ फोर्सले प्रतिकार गर्ने चेतावनी



किरात समाचार: गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’को विवाद चुलिँदो छ । दश वर्षे सशस्त्र द्वन्द्व परिणामको केही हिस्सा समेटेपछि गीत विवादमा मुछिएको हो । गीतमा सपुतलाई स्वरमा साथ सम्झना भण्डारीले दिएकी छन् । प्रकाशकै गायन, लेखन, सङ्गीत, परिकल्पना र निर्देशन रहेको गीत लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न ठिक र बेठिकका अनेक बहस भइरहेको छ ।

गीत विवादमा यूथ फोर्स नेपाल भने गायक सपुतको पक्षमा उभिएको छ । यूथ फोर्स नेपालले एक विज्ञप्ति जारी गर्दै सपुतमाथि भइरहेका धम्कीपूर्ण भाषा रोक्न अनुरोध गर्दै धम्की नरोकिए प्रतिकार गर्न आफू तयार रहेको बताएको हो ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : ३४ बजे