७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङसेबुङलाई समुन्नत र समृद्ध विकास निर्माणमा लाग्नः अध्यक्ष राई र उपाध्यक्ष नेम्बाङलाई शुभकामना



किरात समाचारः स्थानीय चुनाब २०७९ मा पराजित भएका निवर्तमान अध्यक्ष डिकेन्द्र इधिङगोले सामाजिक सञ्जालमा मतगणना सके लगतै लामो स्टाटस राख्दै माङसेबुङ गाउँपालिकालाई समुन्नत र समृद्ध विकास निर्माणमा लाग्नः अध्यक्ष हेमन्त राई र उपाध्यक्ष विनोद नेम्बाङलाई बधाई तथा शुभकामना दिएका छन् ।

उहाले ०७४ मा माङसेबुङ गाउँपालिकाका आम जनताले गाउँपालिकाको अध्यक्षमा मलाई अनि उपाध्यक्षमा सुनिता सुब्बा बहिनीलाई गाउँपालिकाको नेतृत्व गर्न जिम्मेवारी प्रदान गरेकोमा जनतालाई धन्यवाद दिएका छन् ।

हाम्रो विवेकले पुगिन्जेलसम्म माङसेबुङका जनतालाई सेवा र सुविधा दिनका लागि कञ्जुस्याई नगरेको स्मरण गराउनु हुदै,जनप्रतिनिधि र कर्मचारी बस्ने कार्यालय भवन समेत नभएको संक्रमणकालीन अवस्थाका बाबजुद नेपालको प्रचलित कानुनको परिधिभित्र रहेर हाम्रो (जनप्रतिनिधि र कर्मचारी)को बल बुध्दी र विवेक र गाउँपालिकाको श्रोत साधनले भ्याएसम्म व्यावस्थापन गरेको सामाजिक संञ्जालमा उल्लेख छ ।

उहाले नेपालको संविधानको परिधिभित्र रहेर ५र६ दर्जन जति कानुन निर्माण गरिएको छ तसर्थ, अबको दिनमा हिजो हामीले बनाएको आधार स्तम्भ र जगमा टेकेर माङसेबुङ जनतालाई सेवा सुविधा दिन र माङसेबुङ गाउँपालिकालाई समुन्नत र समृद्ध विकास निर्माणमा लाग्न निर्वाचित गाउँपालिका अध्यक्ष पदमा निर्वाचित र मेरो प्रतिष्पर्धी मित्र हेमन्त राई र गाउँपालिका उपाध्यक्ष विनोद कुमार नेम्बाङ भाई लगायत निर्वाचित ६ वटै वडाका वडाध्यक्ष सदस्यहरुलाई कार्यकालको पूर्ण सफलताको शुभकामना सहित हार्दिक बधाई ज्ञापन समेत गर्नुभएको छ ।

यस्तो छ सामाजिक संञ्जालमा लेख्नुभएको बधाई तथा शुभकामना

स्थानीय तह निर्वाचन, २०७४ मा माङसेबुङ गाउँपालिकाका आम जनताले गाउँपालिकाको अध्यक्षमा मलाई अनि उपाध्यक्षमा सुनिता सुब्बा बहिनीलाई गाउँपालिकाको नेतृत्व गर्न जिम्मेवारी प्रदान गरी नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक स्थानीय सरकारको संस्थापक बनेर कार्यालयभित्र छिर्दै गर्दा खाली हामी बस्ने कुर्सी टेबल दराज भने अर्कोतिर नेपालको संविधान, २०७२ र स्थानीय सरकार संचालन, २०७४ अनि सरकारका स्थायी प्रतिनिधि (निजामती कर्मचारी) शून्य अवस्था जस्तै ।

जनतालाई सेवा सुविधा दिनको लागि जनप्रतिनिधि र कर्मचारी बस्ने कार्यालय भवन समेत नभएको संक्रमणकालीन अवस्थाका बाबजुद नेपालको प्रचलित कानुनको परिधिभित्र रहेर हाम्रो (जनप्रतिनिधि र कर्मचारी) को बल बुध्दी र विवेक र गाउँपालिकाको श्रोत साधनले भ्याएसम्म कहि कतै कन्जुस्याइँ नगरिकन जनताको सेवा दिने काम र माङसेबुङ गाउँपालिकालाई समुन्नत र समृद्ध विकास बनाउन त खासै उल्लेख्य काम नदेखिए तापनि गाउँपालिकालाई समुन्नत र समृद्ध बनाउनको लागि महत्त्वपूर्ण आधार स्तम्भ, फ्रेमवर्क तयार भएको छ र अर्कोतिर स्थानीय सरकार (गाउँपालिका) संचालन गर्नको लागि नेपालको संविधानको परिधिभित्र रहेर ५र६ दर्जन जति कानुन निर्माण गरिएको छ तसर्थ, अबको दिनमा हिजो हामीले बनाएको आधार स्तम्भ र जगमा टेकेर माङसेबुङ जनतालाई सेवा सुविधा दिन र माङसेबुङ गाउँपालिकालाई समुन्नत र समृद्ध विकास निर्माणमा लाग्न निर्वाचित गाउँपालिका अध्यक्ष पदमा निर्वाचित र मेरो प्रतिष्पर्धी मित्र हेमन्त राई र गाउँपालिका उपाध्यक्ष विनोद कुमार नेम्बाङ भाई लगायत निर्वाचित ६ वटै वडाका वडाध्यक्ष सदस्यहरुलाई कार्यकालको पूर्ण सफलताको शुभकामना सहित हार्दिक बधाई ज्ञापन गर्दछु ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ५ : ०३ बजे