मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको १४१औं जन्मजयन्ती भव्य रुपमा मनाइएको छ। मुहिङगुम अङसीमाङ फाल्गुनन्द जन्मजयन्तीको मुल कार्यक्रम किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनको उपस्थितिमा झापाको कमल गाउँपालिका-३‚ केरखास्थित फाल्गुनन्द टोलमा मनाइएको छ। धर्मगुरु तथा गुरुआमाले फाल्गुनन्द टोलमा निर्मित किरात तियेङलुङ चोःलुङ माङहिमको उद्घाटन र माङहिम परिसरमा रहेको मुहिङगुम अङसीमाङ फाल्गुनन्दको…