सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुबाट यस बर्ष १८ लाख रुपैयाँ भन्दा बढीको अकबरे खोर्सानी जिल्ला बाहिर निर्यात भएको छ । यस बर्षको बैशाख देखि मंसिर सम्ममा १८ लाख रुपैयाँ भन्दा बढी मुल्यको १२ मेट्रिकटन खोर्सानी जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञाान केन्द्र सोलुखुम्बुले जनाएको छ । केन्द्रका सुचना अधिकारी कुल बहादुर राईका अनुसार सोलुखुम्बुको अकबरे खोर्सानीको…