मुहिङगुम अङसीमामाङ साँबा पवित्राहाङमा ६६ वर्षमा प्रवेश गर्नुभएको छ । तर, खेती–पातीको वहाँको व्यस्तता कमी आएको छैन । बाह्रै महिना विहान ४ वजेदेखि साँझ ९ वजेसम्म वहाँको समय काममै बित्छ । असार साउनमा धान रोप्न होस् वा मंसिरमा धान थन्क्याउन, कामको चटारोमै देखिनुहुन्छ–गुरुआमा । गुरु आश्रमको खेतीमा अराउ–खटाउ गर्नेदेखि हलो–कोदालो गर्नु वहाँको दैनिकी रहेको छ…