माङसेबुङ । रोयल स्पोर्टिङ क्लब दमक झापा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(सोमबार) भएको खेलमा पाहुना टोली दिव्यशक्ति धोत्रे, दर्जिलिङ भारतलाई ३–० ले पाखा लगाउँदै दमक झापा सेमिफाइनलमा प्रवेश गरेको हो । यो सँगै…