७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन



मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको परिपूरकको रुपमा रहेर सदैव समानताका पक्षमा उभिरहनुभएकी समानताका पक्षधर मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको जन्म मेची अञ्चल इलाम जिल्लाको तत्कालीन मिक्लुक थुम साबिक बा“झो गा।वि।स। वडा न।–७ उत्तरे हाल माङसेबुङ गाउँपालिका वडा न। ३, स्थित मावली घरमा जहरमान सा“बाको नातिनीको रुपमा तत्कालीन सुब्बा बिर्खध्वोज सा“बा र आमा साम्सुहाङ कौशिला साबाको कोखबाट वि।स। २०१३ साल फागुन ३ गते बिहिबार पूर्णिमा तिथिको दिन भएको थियो । अङसीमामाङ पवित्रहाङमा गर्भमा हु“दा मासुमंस र मादक पदार्थ सेवन गर्दा बिरामी हुने भएकोले यसबाट आमा अलग हुनुभएको र माङको शुभ संकेतकै कारणले हुन सक्छ, सपनामा सेतो लुगा लगाएको समेत देख्ने गरेको थियो । यसरी जन्मनु पूर्वनै अलौकिक शक्तिको स्वरुप देखिनु भएको मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देनलाई किरात धर्मावलम्बीहरुले पुजनीय र विश्व मानव जगतको लागि मुक्तिदाताको रुपमा समेत पूजनीय रहनु भएको छ । फरक जीवनशैली, अद्भूत सामाथ्र्यले भरिएकी ममता र प्रेरणाका खानी मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन विश्व मानव समुदायकै प्रेरणाको स्रोत हुन् । जीवनका अमूल्य समयहरु किरातीहरुको भाग्य र भविश्यको निमित्त समर्पित गर्नुभएका मुहिङगुम अङसीमामाङ साबाँ पवित्रहाङमा लिङ्देन किरात धर्मानुयायीहरुको लागि सदैव आस्थामा विराजमान रहनुभएकी ममतामयी गुरुआमा अगाध आस्था र श्रद्धाले पुज्य रहनु भएको छ ।

देव विवाह
वि. स. २०३२ साल माघ २२ गते बिहिबारको दिन साबिक इलामको इभाङ ५ हाल माङसेबुङ गाउँपालिका–२, चुक्चिनाम्बा गैरीगाउँ माङहिममा मुहिङगुम अङसीमामाङले पुण्यप्रसाद लिङ्देन र चन्द्रमाया चेम्जोङ ९श्यामजिरी० को कोखबाट जन्मनु भएका मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दका पुनः अवतार मुहिङगुम अङसीमाङ अर्थात तत्कालीन बालागुरु आत्मानन्द लिङ्देन सेईङस“ग देव विवाह गर्नु भयो । यसरी सुब्बा परिवारमा जन्मेर हुर्के पनि सामान्य गाउले झैं जीवनयापन गरिरहनु भएका, घर धन्दा, मेलापात र गाईवस्तु हेरचाहमा दिनचर्या बिताईरहनुभएका अङसीमामाङ सा“बा पवित्रहाङमा लिङ्देन संसारिक जीवन व्यतित गर्ने क्रममा यसरी मुहिङगुम अङसीमाङस“ग बैवाहिक बन्धनमा बा“धिनु भएपछि किरात धर्मको अस्तित्वलाई जोगाउने गह“न अभिभारा समेत अङसीमामाङले का“धमा लिनुभयो ।

जीवन सारथी अङसीमामाङ
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङको जीवन सारथीको रुपमा विराजमान रहनु भएको छ । किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृतिको प्रचार–प्रसार गर्दै, कुरीति र कुसंस्कारमा रहेका समुदायलाई सभ्य, शिक्षित र चेतनशील बनाउन अभियानमा लागि रह“दा तत्कालीन पञ्चायती प्रशासनबाट अङसीमाङलाई देशद्रोहीको आरोप लगाई गिरफ्तारका लागि दिनरात खोजी भइरहन्दा अङसीमाङको आड भरोसाको रुपमा कति पनि नडगमगाईकन अङसीमामाङ सदैव जीवन सारथीको रुपमा खडा हुनुभएको थियो । अङसीमामाङ सा“बा पवित्रहाङमा लिङ्देनले मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको दोस्रो पटकको फक्ताङलुङ तिर्थयात्रा पश्चात प्राप्त माङ इङघङलाई पालना गर्दै देव विवाह गर्नु भए पश्चात अङसीमामाङ अङसीमाङको जीवन सारथी बन्नु भएको थियोे । त्यसपछि अङसीमाङको हरेक सुख, दुःखमा साथ दि“दैं किरात धर्मको प्रचार–प्रसार र उत्थानमा अङसीमाङस“गै अनवरत रुपमा लागि पर्नु भएको छ । किरात अस्तित्वलाई सही दिशाबोध गराउ“दै विश्व मानसपटलमा चिनाउने महान सदिक्षा लिएर अगाडि बढाउने क्रममा विविध बाधा अड्चनहरुलाई पार गर्दै, अङसीमाङ अगाडि बढिरहनु हु“दा प्रत्यक्ष वा परोपक्ष रुपमा अङसीमामाङको साथ सदैव रह“दै आइरहनुभएको छ । अङसीमाङका अनेकौं धार्मिक, सामाजिक, सांस्कृतिक कार्यमा अहिलेसम्म साथमा रहेर अहोरात्र सकृय रहनुभएकोे छ । यसरी समाजलाई सही मार्ग निर्देश गर्दै, ज्ञान गुणका कुरा गर्दै हिड“दा पनि मुहिङगुम अङसीमाङ फाल्गुनन्दलाई झै अङसीमाङ आत्मानन्दलाई पनि लिम्वुवानका राजा इत्यादि आरोप लगाएर गुरु आत्मानन्द मार्नेलाई तीन लाख रुपैया“ इनाम दिने भन्ने सरकारबाट गोप्यरुपमा हल्ला चलाई रहंदा यस विषम परिस्थितिमा समेत अङसीमामाङ अङसीमाङस“ग समिपमा रहेर समस्याहरुस“ग जु“धेर अघि बढ्ने सारथीको रुपमा विराजमान रहनु भएको छ ।

समानताका पक्षधर
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन समान्ताको पक्षधरको रुपमा रहनुभएको छ । किरात धर्म दर्शनले सृष्टिको पहिलो मानवको रुपमा नारीलाई मान्दछ । सृष्टिकर्ताका धनि नारीलाई सदैव उच्च स्थानमा राख्दै आइरहेको छ । नारी समानता, नारी स्वतन्त्रताको पक्षलाई कायम राख्दै आइरहनु भएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दको अधूरा कार्यलाई पूरा गर्न जसरी मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ निरन्तर लागि पर्नु भएको छ, ठीक त्यसरीनै मुहिङगुम अङसीमामाङ सा“बा पवित्रहाङमा लिङ्देन पनि अङसीमाङस“गै निरन्तर लागि पर्नु भएको छ । वि।स। १९८८ साल बैसाक २४ गते पान्थरको चोकमागु स्थित लब्रेकुटी माङ्हिममा महागुरु फाल्गुनन्दद्धारा निर्मित सत्य धर्म मुचुल्कामा उल्लेख भए बमोजिम नारी समानता, नारी शिक्षाको पक्षमा सदैव अङसीमामाङ लागि पर्नु भएको छ ।

नारीलाई पनि पुरुष सरह शिक्षा दिनुपर्छ, नारीलाई पुरुष समान अधिकार दिनुपर्छ, नारीलाई पनि पुरुष सरह अंशबण्डा दिनुपर्छ भनी नारी समानताको पक्षमा निरन्तर मार्गदर्शकको रुपमा अङसीमामाङ रहनु भएको छ । नारीलार्ई घर धन्दामा मात्र सिमित्त नरहेर पुरुषले गर्ने हरेक क्रियाकलापहरुस“ग आफूलाई दा“जेर नारीले पनि पुरुष सरह घर व्यवहार, घा“स दाउरा बस्तुभाउ हेरचाहस“गै हलो जोत्ने, कोदालो खन्ने जस्ता कार्यहरु समेत अङसीमामाङले गर्दै आउनु भएको छ । यसरी समाजमा नारीले गर्न नहुने भनेर बन्देज लगाएका अन्धविश्वास पूर्ण परम्परालाई तोड्नु भएको छ । नारी र पुरुष दुवै समान हुन् भन्ने दर्बिलो चुनौती दिनु हु“दै वहा“ले नारी समानताको पक्षलाई महत्वपूर्ण तवरले उठान गर्नु भएको छ ।

मुन्धुममा किरात धर्मदर्शन, कर्मसंस्कार र संस्कृतिको संरक्षण, सम्बद्र्धन र सञ्चालनमा समेत नारीहरुको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । मुन्धुममा उल्लेख भए बमोजिम सृष्टिको पहिलो मानव मातारुपी मुजिना खियङना र पितारुपी सुसुवैङ लालावैङबाट सृष्टि भएको थियो । यसबाट पनि के स्पष्ट हुन्छ भने, सृष्टि सञ्चालन गर्न र प्राकृतिक नियमलाई सञ्चालन गर्न, सृष्टिलाई जीवनतता दिन नारी र पुरुषको अपरिहार्यता छ । त्यसरीनै नारी र पुरुष समान हुन् भन्ने अङसीमामाङ र अङसीमाङले निर्वाह गरिरहनु भएको समान दायित्वलाई लिन सकिन्छ ।

लैङ्गिक समानताका पक्षपाति पुरुष प्रधान समाजलाई जरैबाट उखेलेर निर्मुल पार्दै लैङ्गिक समानता, नारी हक अधिकार जस्ता कुराहरुलाई व्यवहारमा उतार्न र नारी र पुरुष बीचको असमानताको खाडललाई पुर्न अङसीमामाङ अनावरत रुपमा लागि पर्नु भएको छ । नारी हिंसाको विरुद्धमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन सदैव रहनुभएको छ । पुरुष प्रधान यो समाजमा नारी हिंसा र लैंङ्गिक विभेदको विरुद्धमा अङसीमामाङ सदैव लडिरहनु भएको छ ।

नारीलाई आवश्यकता पूर्ति गर्ने साधनको रुपमा मात्र लिने समाजको अन्त्य गर्दै नारी हिंसाको अन्त्य हुनुपर्छ, समाजमा भईरहेका लैंङ्गिक विभेदको अन्त्य हुनुपर्छ भन्ने कुरामा वहा“ लागि पर्नु भएको छ । नारी सृष्टि हुन, जननी हुन, नारी बिना पुरुषको औचित्य रह“दैन भन्ने ध्रुव सत्य कथनलाई पुष्टि गर्दै नारीलाई पनि पुरुष सरह जीउ“नु पाउनु पर्छ भनि समानता लागि निरन्तर लागि पर्नु भएकोले वहा“लाई सबैले आस्था र श्रद्धापूर्वक मुहिङगुम अङसीमामाङको रुपमा पुज्ने गरेका छन् ।

अद्भूत सामथ्र्य र फरक शैली
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन अद्भूत सामथ्र्य र फरक शैलीको हुनुहुन्छ । नारी चुला र चौकामा मात्र सिमित्त रहनु पर्छ, नारीले घर बाहिरको काममा नजर अन्दाज गर्नु हुन्न भन्ने परम्परागत सोचलाई जरैबाट उखेलेर नारी पनि पुरुष सरह सक्षम छन् भन्ने गतिलो प्रमाणको रुपमा रहनुभएकी अङसीमामाङ अद्भूत सामथ्र्य र फरक शैलीका कारण किरातीहरुको आस्थामा रहनुभएको छ । वहा“ले नारीले हलो जोत्नु हुन्न, हरिस ना“घ्नु हुन्न, धूरी चड्नु हुन्न भन्ने लगायत समाजमा रहेका कुरीति र कुसंस्कारलाई अन्त्य गर्दै नारी र पुरुष समान हुन भन्ने चेतनाको विजारोपन गर्नु भएको छ ।

पुरुषले समेत गर्न नसकेको कामहरु नारीले गर्न सक्छ भन्ने अदभूत क्षमता प्रस्तुत गरेर आस्था र श्रद्धाको पात्र बन्नु भएको छ अङसीमामाङ । वहा“ले पुरुषले नार्न नसकेको गोरु नारेर जोत्ने, ढुङ्गा फुटाउने जस्ता फरक कार्यहरुमा प्रत्यक्ष रुपमा सहभागी भएर नारीहरु पनि स्वावलम्बी हुनुपर्छ भन्ने प्रेरणा दिनुभएकै कारण पनि गुरुआमा उपमाले पुजनीय हुनु भएको छ । माजिक कार्यहरुमा नारीहरुको सहभागितालाई अनिवार्य बनाईनु पर्छ भन्ने महान आदर्श र दर्शनले ओतप्रोत हुनुभएकी छन् ।

नुमाङगेन्नाको सुरुवात
मुहिङगुम अङसीमामाङ सा“बा पवित्रहाङमा लिङ्देनको ४८ वर्षपछि ४९ औं शुभ जन्मोत्सवको रुपमा २०६१ सालदेखि अङसीमामाङको मावली घर ९वहा“ जन्मेको घर० इलाम जिल्लाको साविक बा“झो गा।वि।स। वडा नं.–७, हाल माङसेबुङ गाउँपालिका–५, उत्तरेबाट औपचारिक कार्यक्रमको आयोजना गरी पहिलो पटक माङगेन्ना कार्यक्रमको औपचारिक सुरुवात भएको थियो । त्यसपछि वहाँको जन्मोत्सव हरेक वर्ष फागुन ३ र ४ गते विश्व किरातीहरुको आस्थाको धरोहर माङसेबुङमा किरात धर्मावलम्बीहरुले भव्यताका साथ मनाउदै आएका छन् ।

अङसीमामाङको नुमाङगेन्नास“गै सावायेहाङ किरातहरुको नुमाङगेन्ना सेवा गर्ने प्रचलन समेत विकास भएको छ । अङसीमामाङको नोमाङगेन्ना गर्दा सावायेहाङको नुमाङगेन्ना हुने किरात धर्मावलम्बीहरु माझ जनविश्वास रहिआएको छ । अङसीमामाङको नोमाङगेन्नास“गै किरात धार्मिकस्थल पुण्यभूमि माङसेबुङको महिमा पनि दिनानुदिन चुलि“दै गईरहेको छ । त्यसैले माङसेबुङको विकासमा राज्यको समेत नजर पुग्न थालेको छ । माङसेबुङ एक धार्मिक धरोहरको रुपमा विश्व सामु चिनिएको छ । माङसेबुङ विश्वको नजरमा धार्मिक पर्यटकीय स्थलको रुपमा स्थापित हु“दै गएको छ ।

सांस्कृतिक प्रेमी
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ झैं मुहिङगुम अङसीमामाङ पनि सांस्कृतिक प्रेमी हुनुहुन्छ । गीत संगीतको माध्यमबाट पनि किरात धर्म, संस्कार संस्कृतिलाई संरक्षण र उत्थान गर्दै प्रचार प्रसार गर्न अङसीमाङस“गै अङसीमामाङ पनि निरन्तर लाग्नु भएको छ । कुरीति र कुसंस्कारमा फसेका किरात समाजलाई सांस्कृतिक माध्यमबाट जनचेतना फैल्याउन अङसीमाङका साथमा सदैव लागि पर्नु भएको छ । माङसाम्लो, सेवासाम्लो, हाक्पारे, ख्याली, पालाम लगायत किरात मुन्धुमी छन्दहरुमा लय मिलाएर गाउ“दै रमाउनु हुन्छ र चेलाहरुलाई पनि गाउ“न लगाउनु हुन्छ । अङसीमामाङ गीत संगीत स“गस“गै कला संस्कृतिमा पनि त्यतिनै मात्रामा लगाव राख्नु हुन्छ । अङसीमामाङ विशेष गरेर कला संयोजन गर्न, गराउन माहिर हुनुहुन्छ । अभिनय गर्न र गराउ“नमा त्यतिनै दक्ष हुनुहुन्छ । किरात मौलिक संस्कृतिजन्य ना“चहरु माङलाङ, केलाङ, थेबालाङ, युमालाङ र नाहेनलाङमा समेत अनुभवि हुनुहुन्छ अङसीमामाङ ।

अर्गानिक जीवनशैली
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन अर्गानिक जीवनशैलीलाई मनपराउनु हुन्छ । अहिलेको युगलाई विज्ञानको युगको रुपमा संज्ञा दिइन्छ । विकासको चरम सीमामा संसार दौडिरहेको छ । मानव सभ्यतानै यतिखेर भौतिक विलाशिताको दलदलमा फसिरहेको अवस्थामा मानव स्वास्थ्यमा अनेकौं संकटहरु देखा परिरहेका छन् । विषादी युक्त खानपानले मानव स्वास्थ्यलाईनै प्रतिकूल असर पारिरहेको अवस्थामा मुहिङगुम अङसीमामाङ सा“बा पवित्रहाङमा लिङ्देनज्यूले अर्गानिक जीवनशैली अपनाउन सबैलाई सुझाईरहनु भएको छ । त्यति मात्र नभएर अर्गानिक जीवनशैलीलाई स्थायित्व दिनलाई समेत लागि पर्नु भएको छ । खेतीपाती जस्तो कृषि कर्म भूलेर विकासको उपज मानी भौतिक सुविधाले युक्त विलासिताको मोहमा दौडिरहेका वर्तमान समाजलाई अर्गानिक कृषि कर्ममा डो¥याउन, कर्मयोगको शिक्षा दिक्षा दिन, ज्ञान दिन, स्वास्थ्य जीवनयापन गर्न, गराउ“न अङसीमामाङ युमामाङको रुपमा अवतार हुनुभएको छ । सामान्य जीवनशैली तर असामान्य कर्म र विचार दिनुहुने अङसीमामाङ बिहान सबेरै देखि सा“झ अबेरसम्म मेलोपात, खेतीपातीमै जीवनयापन गरिरहनुभएको छ । वहा“ले आम भक्तजनहरुस“ग सामिप्यतामा रहेर सारा भक्तजनहरुलाई कृषि दर्शनमा डो¥याउदै कृषिमुखी बनाउन प्रेरणा र मार्गदर्शन दिइरहनु भएको छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ६ : २१ बजे