७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

म सबैको साझा ब्यक्ति हु: किरात धर्मगुरु



योगेश लाओती : म सबैको साझा ब्यक्ति भएकोले माङ्सेबुङमा तेसै मान्छे आउदैन,शक्ति छ र सबै आउछन् । यो चोलुङमा हामी भेला भएको छौ।’ किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भयो ।

सावायेहाङ किरातिहरुको चोलुङ उठाएर मात्रै छोड्ने बताउनु हुँदै अङसिमाङले भन्नुभयो मैले गर्नुपर्ने मेरो सम्पूर्ण जिम्मेवारी पूरा गरेर मात्रै जानेछु।’

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोह कार्यक्रमको दोस्रो दिन आशीर्वचन दिनुहुँदै सो कुरा बताउनु भएको हो ।

माङसेबुङको चर्चा गर्नुहुदै वहाले भन्नुभयो माङ्सेबुङमा विश्वको मान्छेहरु आउने थलो बन्नेछ । अङसिमाङले भन्नुभयो । त्यही आर्थिक स्रोतले विकास हुने कुरा बताउनु हुँदै वहाले भन्नू भयो यी सम्पुर्ण विकासका कार्यहरु मेरो जिम्मेवारी म गरेरै छाड्छु ।

समय समयमा अर्तिउपदेश ज्ञानगुनका कुरा दिदै आएको छु। वहाले भन्नुभयो धर्मको निमित्त धर्मदर्शन बुझेपछि मात्रै माङसिङ निप्मा हाङसिङ निप्मा कुसिङ निप्मा कुलिङ्दो केप्पा को मार्गमा पुग्ने वहाले बताउनु भयो । यहि कुरा महागुरुले पनि भन्नूभएको सुनाउनु हुदै माङले दयामाया गरेर फर्केर गएको लक्षिन फर्काउन सेवा गरिरहेको बताउनु भयो ।

आत्मा पवित्र भए माङको बास हुने शक्ति प्राप्त हुने र चिताएको पूरा हुने बताउनु हुदै वहाले भन्नुभयो सिद्दी शक्ति माङ्वाहाङ्वा याङमुइ माग्नुभएको युग युगान्तार जुनिजुनी सम्म खान पाउनुपर्छ ।’ आफु यहादेखी परमधाम जान्छु फर्किएर आएभनेपनी मैले पनि खानु पाउछु,अङ्सिमाङले भन्नू भयो त्यो शक्ति मैले मागेको छु ।’

अहंकार पाप बाट टाढा भएमात्र आत्मा पवित्र हुने बताउनु हुँदै वहाँले भन्नुभयो खानपिनमा शुद्धता नभएपछि विभिन्न रोगहरु लाग्ने बताउदै शरिरलाई शुद्ध र पवित्र राखे विभिन्न रोगहरु नलाग्ने बताउनु हुदै माङले देख्नेगरी सेवागरे माङले कल्याण गर्ने र चिताएको कुरा पुग्ने पनि बताउनु भयो ।

अङसिमाङले भन्नुभयो म सवैको साझा ब्यक्ति हु , यहाँ सबैखाले मान्छेहरु आउछन।’ यहाँ विभिन्न आरोप लगाएर अनेकथरी कुरा गर्नेहरुलाई पनि केही नभनेको बताउनु हुदै म साझा ब्याक्ती भएको बताउनु भयो । वहाले भन्नू भयो अहिले जति मेरो विरोध गरेपनि भोलि उसले आउने बाटो त्यहीँ हो ।’

अङसिमाङले भन्नुभयो राणा शासनकालमा आफ्नो भाषा बोलेको,पढेको देख्यो भने हात,जीब्रो काट्थ्यो वहाले भन्नू भयो त्यस्तो अवस्था र समयमा पनि महागुरुले ´सत्य धर्म मुचुल्का ` खडा गर्नु भयो । सारा दुखबाट मुक्ती होस भनेर तपाईंहरुको लागि यो धर्म अघि बड्दै गइरहेको छ ।

ठुला ठुला देशको झगडाले अर्को महामारी ल्याउने बताउनु हुँदै यो कोरोना महामारी साम्य भएपछि फेरी विश्व युद्ध हुने संकेत गर्नुहुदै अङसिमाङले भन्नू भयो मलाई डर लागिरहेको छ।’ परमाणु बमहरु मात्रै पड्क्यो भने संसार ध्वस्त हुन्छ । त्यसैले तिनिहरुको मनमा दिमागमा राम्रो कुरामात्रै आओस भनेर सेवा प्रार्थना गर्ने दिन आएको बताए । यसबाट बच्न माङको सेवा गर्न सबैलाई आग्रह गर्नु हुदै वहाँले भन्नु भयो ‘ विश्व शान्ति मानव एकताको लागि इमर्जेन्सि सेवाहरुको आयोजना गर्नु पर्ने हुन्छ ।’

अङसिमाङले विश्वशान्ती मानव एकताको मार्गमा सबै एकभएर लागे विश्वमा शान्ती हुने बताउनु हुँदै सबैलाई अनुरोध समेत गर्नुभयो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : ३५ बजे