२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

त्येअङ्सी सिरिजङगा मिङसो माङहिम निर्माण सहयोगको अपिल



किरात समाचारः किरात याक्थुङ भाषा लिपिको पुनः उत्थानकर्ता सिरिजङ्गा सिंथेबेको नाममा माङहिम निर्माण गर्न त्येअङसी सिरिजङगा मिङ्सो युमा माङहिम नामको माङहिम निर्माण समिती गठन भएको छ ।

त्येअङ्सी सिरिजङगाले पुर्याएको योगदानसंगै सिरिजङगाको स्मृतिमा त्येअङसी सिरिजङगा मिङ्सो युमा माङहिम नामको माङहिम पुर्बी नेपालको प्रदेश नं. १ मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ८ अठियाबारीस्थित निर्माण हुन लागेको हो ।

स्वदेश तथा विदेश भारतको सिक्किममा र नेपालको विभिन्न क्षेत्रमा समेत सिरिजङगाको नाममा शालिक र माङहिमहरु बनेको छ । यसै सन्दर्भमा उर्लाबारी नगरपालिका वडा नं. ८ अठियाबारिमा माङहिम निर्माण गर्न अघि बढेको छ ।

उर्लाबारीनगर भित्र रहेको प्राकृतिक सास्कृतिक तथा धार्मिक सम्पदाको विकास गर्न र संरक्षण सम्र्वद्धन गर्नकालागि त्येअंसीको नाममा माङहिम निर्माण गर्न लागिएको माङहिम निर्माण समितिका सचिव योगेश लाओतीले जानकारी गराउनुभएको हो ।

माङहिम निर्माण गर्नका लागि सबै धार्मिक तथा किरात धर्मावलम्बीहरु विभिन्न मुलुकमा रहनु भएकोहरुमा, तन, मन, बचन र आर्थिक सहयोगको अपिल समेत गरेको छ ।
अपिलमा भनिएको छ, सबै महानुभावहरुमा यदि त्येअंसी सिरिजंगाले किरात लिपिको संरक्षण सम्र्बद्धन नर्गनु भएको भए हामी लिपि र भाषा विहिन हुने अवस्था आउने थियो । सोही अनुरुप त्येअंसीले गर्नुभएको योगदानको कदर र उहाको स्मृतिमा माङहिम निर्माणमा आर्थिक सहयोगको अपेक्षा सहित यस्तो महत्वपूर्ण कार्यमा सहयोगको अपेक्षा माङहिम निर्माण समितिले अपिल गरेका छन् ।

यस्तो छ अपिल

पुर्बी नेपालको प्रदेश नं. १ मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ८ अठियाबारी स्थित किरात याक्थुङ भाषा लिपिको पुनः उत्थानकर्ता सिरिजङ्गा सिंथेबेको नाममा माङहिम निर्माण गर्न बसेको आम भेलाले त्येअङसी सिरिजङगा मिङ्सो युमा माङहिम नामको मानहिम निर्माण समिती गठन गरेर मिति २०७८ साल बैशाख १२ गते भब्य कार्यक्रमका बीच शिलान्यास भएको छ ।
त्येअङ्सी सिरिजङगाले किरात याक्थुङ लिम्बू भाषा लिपिमा पुर्याएको योगदानसंगै सिरिजङगाको स्मृतिमा स्वदेश तथा विदेश भारतको सिक्किममा र नेपालको विभिन्न क्षेत्रमा समेत सिरिजङगाको नाममा शालिक र माङहिमहरु बनेको छ । यसै सन्दर्भमा उर्लाबारी नगरपालिका वडा नं. ८ अठियाबारिमा माङहिम निर्माण गर्न अघि बढीरहेका छौ । यसकारण हामी सबै एकजुट भइ उर्लाबारी नगर भित्र रहेको प्राकृतिक सास्कृतिक तथा धार्मिक सम्पदाको विकास गर्न र संरक्षण सम्बर्द्धन गर्नु तपाईं हामी सबैको जिम्मेवारी रहन गएको छ । त्यसैले यस महत्त्वपूर्ण योजना तपाईं हामी सबै एकजुट भएर मात्र अघि बढ्न सक्छ । यसै योजना र उधेश्यहरुलाई सफल पार्न यस पबित्र कार्यमा सहयोग पुर्याउन इच्छुक देश विदेशमा रहेका श्रदालु किरात धर्मावलम्बी भक्तजन दाजुभाइ,दिदिबहिनि,दानविरदाता सर्बसाधरण,शुभचिन्तक तथा संघ सस्थाहरुले यस माङहिम निर्माण कार्यमा उचित सल्लाह सुझाव सहित सक्दो आर्थिक सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ ।

  • लक्ष्य
    -समय सापेक्षनुसार आधुनिकरुपले माङहिम  तोकिएको लागतमा आवश्यकिय भौतिक संरचना बनाइने छ ।
    -किरात पेगौडा शैलिमा अष्टकोण अनुसारको माङ्हिम निर्माण गरिनेछ ।
    -त्येअङ्सी सिरिजङगा सिंथेबेको शालिक निर्माण गरिनेछ ।
    -माङ्हिम  सन्चालन अक्षयकोष स्थापना गर्न लक्ष्य लिइएको छ ।
  • उद्धेश्यहरु
    -त्येअङ्सी सिरिजङ्गा मिङ्सो युमा मङ्हिम निर्माण गर्न योजना इस्टिमेट अनुसार उर्लाबारी ८ अठियाबारी मोरङमा निर्माण गर्ने ।
    -माङहिममा दैनिक , साप्ताहिक, मासिक पुजापाठ सेवा गर्ने । र चाड पर्वहरुमा समितिको निर्णयनुसार सेवा गर्ने गराउने ।
    -माङहिमको नाममा संस्थागत जग्गा किन्ने ।
    -मुन्धुम शिक्षा सन्चालन गर्न धार्मिक पाठशाला स्थापना गर्ने ।
    -माङहिमको संरक्षण सम्बर्द्धन गर्ने गराउने ।
    -माङहिम परिसरमा विकास निर्माण कार्यहरु गर्ने ।
  • अनुमानित लागत
    -येअङ्सी सिरिजङ्गा माङहिम निर्माण गर्न रु ५० लाख
    -सिरिजंगा सिंथेबे शालिक निर्माण रु १५ लाख ।
    -धुनी कुण्ड निर्माण गर्न रु १५ लाख ।
    -खानेपानी,टोइलेट,भुइ ढलान,गेट निर्माण ४० लाख ।
    -माङहिमसम्म बाटो निर्माण ५ लाख ।
    -सामुदायिक भवन निर्माण रु ३० लाख
    -अनुमानित जम्मा रु १,५५,००००० एक करोड पचपन्न लाख ।

 

  • सहयोग वापद
    रु ५०५ देखि ४,९९९ सम्मको सहयोग गर्नुहुने सहयोग दाताको नाम अभिलेखमा राखिनेछ ।
    रु ५००५ देखि ९,९९९ सम्म सहयोग गर्नुहुने सहयोग दाताको नामावली शिलालेखमा लेखिनेछ । ताम्रा–पत्र प्रदान गरिनेछ ।
    रु १०,००५ देखि २४,९९९ सम्म सहयोग गर्नुहुने दाताको श्रीमान,श्रीमतीको नामावली शिलालेखमा लेखिनेछ । ताम्रा–पत्र प्रदान गरिनेछ ।
    रु २५,००५ देखि ४९,९९९ सम्म सहयोग गर्नुहुने दाताको नामावली दुई पुस्ते शिलालेखमा लेखिनेछ । ताम्रा–पत्र प्रदान गरिनेछ ।
    रु ५०,००५  देखि ९९,९९९  सम्म सहयोग गर्नुहुने दाताहरुको नामावली तीनपुस्ते शिलालेखमा लेखिनेछ । ताम्रा–पत्र प्रदान गरिनेछ ।
    रु १,००,००५  देखि १,४९,९९९ सम्म सहयोग गर्नुहुने दाताहरुको नामावली तीनपुस्ते साथै छोराछोरीको समेत नाम लेखिनेछ। ताम्रा–पत्र प्रदान गरिनेछ ।
    रु १,५०,००५ देखि १,९९,९९९ सम्म सहयोग गर्नुहुने दाताहरुको नामावली तीनपुस्ते र परिवारको नामावली शिलालेखमा लेखिनेछ । ताम्रा–पत्र प्रदान गरिनेछ।
    रु २,००,००५  देखि माथी सहयोग दिने दाताहरुलाई समितिको निर्णय अनुसार सम्मान गरिनेछ ।

नोट : योजना अनुसार निर्माण गर्न बाकी अन्य भौतिक संरचनाहरु स्वयम दाताहरुको उपस्थितिमा बनाउन सकिनेछ । उक्त सरचना समितिको डिजाइन र तोके अनुसारको बनाइनेछ ।
-आर्थिक सहयोग गर्नुहुने दाताहरुको नामावली निर्माण समितिको आधिकारिक फेसबुक पेजबाट पनि प्रकाशन गरिनेछ ।
-समितिको निर्णय अनुसार साधरण सदस्य आजीवन सदस्य बिशिस्ट सदस्य मानार्थ सदस्य प्रमाणपत्र सहित सम्मान प्रदान गरिनेछ ।

बिस्तृत जानकारी लागी

खड्ग ब. थेबे
अध्यक्ष ९८१७३३६१९०
जीवन कुमार हेम्ब्या
कोषाध्यक्ष ९८११३०६७७०
योगेश लाओती
सचीव ९८६४२८७७६६

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ५ : १६ बजे