६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

लिम्बुवान-किरात अवैज्ञानिक,किरात प्रदेशमा सहमती गरौ



यो देश नेपालको सबैभन्दा प्राचीन मानव सभ्यता किरात सभ्यताको पहिचानको आधारमा नेपालको पुर्वी भुगोल ओल्लो किरात,माझ किरात र पल्लो किरात भन्ने भौगोलिक पहिचानको ईतिहासको निरन्तरताको आधारमा प्रदेश नं १ लाई बहुभाषिक किरात प्रदेश नामकरण गरौ,भनिरहदा हामी लिम्बु किरात नै होईनौ हामीलाई अलग लिम्बुवान चाहिन्छ।                                                   लिम्बुवानले धेरै पहिलाबाटै आन्दोलन गरेका छौ त्यसैले अलग्गै हाम्रो लिम्बु भाषिक राज्य लिम्बुवान चाहिन्छ भन्ने मनोवैज्ञानिक आधारमा अहिले लिम्बुवान मोर्चाले
लिम्बुवान किरात प्रदेश भन्ने अघि सारेको छ जुन लिम्बुवान किरात अवधारणा अवैज्ञानिक र अन्तरद्वन्द सिर्जना गर्ने देखिन्छ।लिम्बुवान किरात या किरात लिम्बुवानको अर्थ किरात याक्थुङ प्रदेश भनेझै,लिम्बुवान किरात भन्दा प्रदेश नं १ नै सिंगो लिम्बु भाषिक राज्य लिम्बुवान हो भन्ने अर्थ लाग्ने देखिन्छ,कारण लिम्बुहरु पनि किराती समुदाय भित्र नै पर्दछन।

अर्को दृष्टिकोणबाट हेर्दा लिम्बुहरु किरात होईनन तसर्थ अलग लिम्बुवान माग गरीएको कारणले किरातको अघि या पछि लिम्बुवान जोडेर लिम्बुवान किरात भन्ने गलत ढंगले अर्थ लाग्ने देखिन्छ,जबकि किरात याक्थुङ लिम्बुहरुको जातिय संस्था किरात याक्थुङ चुम्लुङले नै लिम्बुहरु किरात नै हुन भन्ने प्रष्ट पार्दछ।किरात याक्थुङ लिम्बु समुदायको विद्वान बुद्धिजिवी ईतिहासकार लेखकहरु लगायत बहुसंख्यक लिम्बुहरुले आफुलाई किरात मान्दछन।

त्यसैले प्रदेश नं १ लाई किरातको अघि या पछि लिम्बुवान झुण्ड्याऊनु अवैज्ञानिक देखिन्छ।यदि आज लिम्बुवान र किरात भन्नेहरुको बहुमतको सामर्थ्य,आन्दोलन गरेकै भरमा या आन्दोलन सामर्थ्य शक्ती र पहुँचकै भरमा प्रदेश नं १ लाई लिम्बुवान किरात मात्र भन्ने हो भने भोलीको दिनमा जनसंख्या वृद्धि संगै प्रदेश नं १ मा लिम्बुवान जोडियो तर कोचीला किन नसमेटिने ? शेर्पालुङ थरुहट याक्खावान खम्बुवान कोईचवानले किन नसमेटिने? भनेर यो लिम्बुवान किरात विरुद्ध नै अर्को विद्रोह र आन्दोलनको स्थिती सिर्जना हुनेछ।

यसरी लिम्बुवान किरात जोडिने हो भने प्रदेश नं १ लाई सबै किरात खम्बुवान लिम्बुवान कोचीला शेर्पावान थरुहट याक्खावान कोईचवान प्रदेश भनेर सबै सबै पहिचानवादि सेन्टिमेण्ट लाई पनि जोडेर जानु आवश्यक छ। त्यसैले प्रदेश नं १ लाई किरात प्रदेश नामकरण गरौ र उपस्वायत्तहरु लिम्बुवान शेर्पावान याक्खावान कोचीला खम्बुवान थारुवान राखौ भन्दा लिम्बुवान पक्षधर लाई चित्त नबुझे लिम्बुवान पक्षधरले अलग लिम्बुवानको आन्दोलन कायम राख्नुहोस,हामी साझा किरात प्रदेश नामकरणको लागी निरन्तर लडिरहने छौ,तर भोलीको दिनमा पहिचानवादिहरु बिचमा नै अन्तर्दन्द निम्ताऊने लिम्बुवान-किरात प्रदेश जस्तो अवैज्ञानिक अवधारणा स्विकार गर्न सकिन्दैन।

लिम्बुवान पक्षघर र किरात पक्षधरले संयुक्त आन्दोलन गर्न सकिनेछ तर प्रदेश नं १ को नामकरणको सवालमा आआफ्नै अवधारणा लिम्बुवानले लिम्बुवान अलग प्रदेशको माग गरेर जाने र किरात प्रदेश पक्षधर लगायत कोचीला थरुहट शेर्पावान याक्खावान कोईचवान संगै साझा किरात प्रदेश सहितको उपस्वायत्तको निमित्त संयुक्त संघर्ष र संयुक्त आन्दोलन गरेर अघि जान सकिनेछ। होईन भने यो अवस्थामा मुद्धागत रुपमा ती सबैखाले किरात/शेर्पालुङ/लिम्बुवान/खम्बुवान/कोचिला/थरुहट कोईचवान याक्खावान लगायत भाषिक पहिचानको सेन्टिमेन्ट बोकेकाहरुले एउटा राजनैतिक सम्झौता गरेर एउटै आवाजमा प्रदेश नं १ लाई साझा किरात स्वायत प्रदेश नामंकन गर्ने र उपस्वायतहरु क्रमश लिम्बुवान,खम्बुवान,शेर्पालुङ,कोचीला,थरुहट,कोईचवान,
याक्खावान लगायत भाषिक र संरक्षित क्षेत्र घोषणा गर्ने हो भने सबैको सह-अस्तित्व सुरक्षित किरात प्रदेश भित्र रहनेछ।

यो देश नेपालको सारा विद्वान बुद्धिजिबी ईतिहासकारहरुले समेत यो किरात सभ्यता नेपाल देशकै सबैभन्दा प्राचिन नेपाली सभ्यता हो।यो देश नेपाल तथा संसारभरको ईतिहासकार/लेखक किरात सभ्यताले सम्पुर्ण जातजाती भाषाभाषीको राई लिम्बु याक्खा सुनुवार थामी जिरेल कोचे मेचे हायु सुरेल थारु धिमाल मगर गुरुङ तामाङ भोटे शेर्पा नेवार चेपाङ लगायत सबै नै किरातीहरु हुन,त्यसैले प्रदेश नं १ लाई किरात प्रदेश नामकरण गर्दा सबै जातजातीको नेपाली जनता र देशकै गौरव बढ्नेछ भनिरहदा,के ? यो प्रदेश नं १ किरात प्रदेश हुनु भनेको नेपाली सभ्यता,नेपाली ईतिहास र नेपाली पहिचानको सम्मान हुनु हो।

किरात प्रदेशले एकल भाषिक होईन बहुभाषिक बहुजातीय सबै जातजाती भाषाभाषीको प्रतिनिधित्व गर्दछ भनेर हामी किन बुझिरहेका छैनौ? के प्राचीन किरात सभ्यता भनेको राई जातीकै मात्र सभ्यता हो? यो देश नेपालको किरात ईतिहास के?राईकै मात्र ईतिहास हो ? किरात सभ्यता र ईतिहास लाई हामी किन राई जाती विशेष मात्र हो भनेर संकिर्ण गलत ढंगले बुझिरहेका छौ? के यो प्राचीन किरात सभ्यता नेपाली सभ्यता होईन ? के यो किरात सभ्यताको ईतिहासको सम्मान हुनु भनेको यो देशकै सभ्यताको,ईतिहासको सम्मान हुनु होईन र? किरात भन्नु बितिक्कै राई जाती विशेष भनेर संकुचित गलत ढंगले बुझ्नु,बुझाऊनु किरात सभ्यता र ईतिहासको अज्ञानता झल्काऊदछ।

यो सामाजिक सञ्जालमा धेरैले लिम्बुले लिम्बुवानको ढिपि छोडौ राईले किरातको ढिपि छाडौ राई र लिम्बु दुबैको साझा लिम्बुवान किरातको अवधारणामा जाऔ भनेर किरात लाई राई जाती विशेषको मात्र हो भनेर गलत ढंगले बुझिरहेको देखिन्छ।हामी राईहरुले किरात सभ्यता ईतिहास र किरात प्रदेशको कुरा उठाईरहदा कहाँ?राई जाती विशेषको मात्र भयो ? के यो देशको प्राचिन किरात सभ्यता/ईतिहास राईकै मात्र सभ्यता ? राईकै मात्र ईतिहास हो त?यो देशको सभ्यता र ईतिहास होईन?ईतिहासको दसीप्रमाणहरुले त किरात सभ्यताभित्र राई लिम्बु याक्खा सुनुवार थामी जिरेल कोचे मेचे थारु धिमाल गुरुङ मगर तामाङ नेवार शेर्पा चेपाङ लगायत सबै किरात हुन भन्ने प्रमाणित गर्दछ। त्यसैले किरात सभ्यता ईतिहास र किरात प्रदेश भनिरहदा हामीले एकल राई जाती विशेष भनेर बुझ्नु गलत हो।

हामीले एकल भाषीक राज्य एकल जाती विशेषको राज्यको कदापि कल्पना गरेका छैनौ। हामीले यो देश नेपालकै प्राचिन किरात सभ्यता,ईतिहास र भौगोलिक पहिचानको कुरा उठाईरहेका छौ,जसले यो देश नेपालको प्राचीन सभ्यता संस्कृती ईतिहास र विभिन्न भाषाभाषी र जातजातीको बहुभाषिक/बहुजातीको नेपालीहरुको साझा किरात पहिचानको प्रतिनिधित्व गर्दछ। यदि यो देश नेपालको प्राचीन नेपाली सभ्यता किरात सभ्यता र नेपालको किरात ईतिहासको अस्तित्व समाप्त पारीदा,यो प्राचीन किरातभुमीको अस्तित्व नामेट पारीदा के? यो देश नेपाल र नेपाली जनताको हित हुन्छ ? यदि त्यसो होभने किन यती प्राचिन नेपाली सभ्यता किरात सभ्यता र नेपालको किरात ईतिहासको अस्तित्वको लागी जिम्मेवार किरात राईहरु लाई मात्र ठान्दैछौ?अतः-हामीले किरात सभ्यता ईतिहास तथा प्रदेश नं १ किरात प्रदेशको कुरा गरीरहदा राई जाती विशेष होईन यो देश नेपालकै प्राचीन नेपाली सभ्यता,नेपालको ईतिहासको र देशको अभिन्न अंग प्राचिन किरातभुमीको देशकै अस्तित्वको कुरा गरीरहेका छौ।

त्यसैले यो देश नेपालको प्राचीन नेपाली सभ्यता किरात सभ्यता र किरात ईतिहास र किरातभुमीको अस्तित्व जोगाऊने नै हो भने,किरात सभ्यता यो देश नेपालको नेपाली माटोको सभ्यता हो भने,किरात ईतिहास सारा नेपाली जनताहरुको ईतिहास हो भने,यो देश नेपालको सबै जातजाती/भाषाभाषीको सारा नेपाली जनताहरु मिलेर एउटै आवाजमा प्रदेश नं १ लाई साझा किरात प्रदेश नामकरण गर्न लागीपरौ।

भोजपुर चरम्बी रयाङ
हाल बेलायत

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : २९ बजे