१८ पुस २०८१, बिहिबार | Thu Jan 2 2025

मन्त्री आङ्बोद्धारा यासोक क्याम्पसको नवनिर्मित भवन उद्घाटन l kiratsamachar     



पाँचथर –  पाँचथर जील्लाको कुम्मायक गाउँपालिकामा रहेको यासोक क्याम्पसको नव निर्मित भवन उद्घाटन भएको छ । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको प्रमुख आतिथ्यमा मन्त्री आङ्बोले भवन उद्घाटन गर्नुभएको हो ।

क्याम्पस भवन निर्माणका लागि स्वः मानबहादुर लावतिले ८ रोपनी र बिपिन निरौला र मेघराज निरौलाले ४ रोपनी ३ आना ३ दाम निशुल्क जग्गामा भवन निर्माणकार्यमा १ करोड ८० लाख खर्चमा सम्पन्न भएको क्याम्पस प्रमुख कर्ण लावतिले बताए । प्रदेश तथा स्थानीय सरकारको साझेदारी बजेट तथा विभिन्न संघसस्था र नागरिक समाजको आर्थिक सहयोगमा सो भवन निर्माण भएको बताइएको छ । त्यसमध्ये १६ लाख रकम क्याम्पसको नाममा अक्ष्यकोष खडा गरि मौज्दात रहेकोे पनि लावतिले बताए ।

मन्त्री आङ्बोले यासोक क्याम्पसको लागि इ लाइब्रेरी तत्काल आवश्यक रहेको भन्दै प्रदेश सरकारले तुरुन्त यसमा सहयोग पुर्याउने बताए । कुम्मायक गाउँपालिका सुख्खा क्षेत्र भएकोले यस क्षेत्रमा पुर्वाधार तथा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, युवा स्वरोजगार, कृषि र बिजुली जस्ता नागरिकलाई प्रत्यक्ष आवस्यक पर्ने बिषय माथी प्रदेश सरकारमा आफू डटेर पहल गर्ने बताए।

सो कार्यक्रममा सस्थापक सदस्य, शिक्षक तथा सर्बोकृष्ट अंक हासिल गर्ने विद्यार्थी र स्वदेश तथा बिदेश बाट आर्थिक सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि नागरिक समाज बुद्धिजीवी शिक्षक विद्यार्थी तथा अभिवाहक र सन्चारकर्मिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम निवर्तमान गाउँपालिका अध्यक्ष तथा यासोक क्याम्पस सन्चालक समितिका अध्यक्ष जयबहादुर चेम्जोङ्को अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  २ : ४० बजे