१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

खेलकुदको विकास गर्दै लैजानुपर्छ – अङ्सीमाङ



ओत तागेरा निङवाभू माङे सेवारो ।

आज यस धर्मको धर्मगुरुको नामबाट फुटबल खेलाइन्दै छ । यसमा यो खेल क्षेत्रमा यो खेल अहिले विश्वभरबाट अहिले हेरिरहेको छ । र, सावायेहाङ किरातहरुको एउटा चोत्लुङ र, संसारमा रहेका विश्वप्राणीहरुको एउटा चोत्लुङ शिरको निमित्त हामीले खेलिराखेका छौ । र, सालिन्दा हामीले खेल्ने गरेका छौ । सबैको शिर उठोस् सबैको शिर नै पवित्र होस भन्ने एउटा धारणाले हामीले यो कार्यक्रम अगाडी सारिराखेका छौ । र, यसमा हामी गुरुकुल गुरुपरिवार भित्रबाट हामी त्यसै खुशि छौ । हाम्रो सबैको चोत्लुङ उठेमा हामी सफल भएको ठानेको छौ ।

र, आज यसको प्रगति र यसको विकासहरु हामी बढाउदै लैजाने हामीले खेलकुद नेपालको खेलकुद विकासप्रति पनि खेलकुद संगठनलाइ पनि अनुरोध गदै लैजाने र, म एउटा कुरा के भन्छु भने हामी यहाँ रहेको सबै मानव समाज सबै जातजाति सबैले हामीले खेल्दै लैजाने हो । हाम्रो यो चोत्लुङ हो हामीले यो चोत्लुङ सबै मानवहरुको लागि सबैको रक्षाको  निमित्त सबैलाई शान्तिको निमित्त हामीले खेलिराखेको छौ ।

यसले उन्नति प्रगति गरोस असिम प्रगति हामीले भोलि गएर यसको धनराशी पनि धेरै हुदै जान्छ । र, विकास हुदै जान्छ हामीले पुर्व पश्चिम उत्तर दक्षिण मधेस पहाड र पुर्व पश्चिम नेपाल अधिराज्य भरी खेलाउन हामी सकौ । र, यसलाइ प्रचार गर्न सकौ र सम्भवत हामी अन्तराष्ट्रियस्तरमा पनि खेलाउन सकौ भोली यो किसिमको हाम्रो बाटो खुलियोस यहि नै म माङसंग प्रार्थना गरिरहेको छु  । र, यो खोलिनेछ सफल हुनेछौ र हाम्रो चोत्लुङ उठ्नेछ हाम्रो शिर उठ्नेछ हाम्रो शिर उठाउनको हरेक क्षेत्रबाट यो किरात धर्मले यो कार्यक्रम बढाइराखेको छ । र , हामीले अहिले अघि बढेकै छौ । यो प्रगति हुनेमा छ र भैराखेको छ यसले गर्दाखेरी हामीलाइ साह्रै साह्रै  खुशि लागेको छ । र, हामीलाइ खुशि भन्ने त ठाउ नै छैन र तपाईहरुले बढाउदै लैजानुहोस तपाईहरुको शिर हो । तपाईहरुको चोत्लुङ हो । नाम मेरो हो तर शिर चोत्लुङ सिद्दी शक्ति भनेको तपाईहरुको हो । त्यसले गर्दाखेरी यही कुरा भन्न चाहन्छु । यही कुरा भन्दै तपाईहरु सबैलाई धन्यवाद मेरो आशिर्वाद दिदै यही टुङ्ग्याउन चाहन्छु । आसेवारो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६९औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित आत्मानन्द कप १५ औं संस्करण  प्रतियोगिताको फाइनल खेल मंसिर १७ गतेको कार्यक्रममा प्रदान गर्नुभएको अमृतमय आशिर्वचनको साफी किरात समाचारका उपसम्पादक योगेश लाओतीले गर्नुभएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १२ : १० बजे