७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार बुढाथोकी र साहलाई प्रदान गरिने

विराटनगर: नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थापना गरेको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशी ५० हजार ५१ रुपैयाँ रहेको छ । सो पुरस्कारबाट यसअघि धर्मेन्द्र झा, शिव गाउँले, तारानाथ दाहाल र विनय कसजूलाई प्रदान गरिएको थियो…