माङसेबुङ । सुप्रिया मिया नायक बन्दा १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा कनकाई नगरपालिका झापा फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(मंगलबार) भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङमाथि १–० को कठिन जित निकाल्दै कनकाई झापा उपाधि नजिक पुगेको हो । कनकाईको जितमा खेलको प्लेयर…