२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

मेरो जानेबेला भयो, महत्त्वपूर्ण कार्यमा सहयोग गर्नुहोस: किरात धर्मगुरु



योगेश लाओती : “मेरो जानेबेला भयो, मलाइ सघाउनुहोस” त्यही भएर गुरुआश्रम भित्र धेरै वटा संघसस्था दर्ता गरेर काम सुरु गरेको किरात धर्मगुरु मुहिङगुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।
गुरु आश्रममा जनशक्ति ब्यवस्थापन गर्दै आफ्नै निर्माण कन्ट्रक्सन आफ्नै इन्जिनियर आफ्नै मिस्तिरी उत्पादन गर्दै अघि बढ्नको लागि निर्देशन दिएको बताउनुहुँदै वहाले भनुभयो संघसंस्था संगै हाम्रो धर्मको पनि प्रचारप्रसार भएको छ ।’

गुरुनिजी आश्रम जनशक्ति ब्यवस्थापनको आयोजनामा आश्रम स्थित भक्तशालामा सम्पन्न भेलामा आशीर्वचन प्रदान गर्नुहुदै सो कुरा बताउनु भएको हो ।

भविष्यमा किरातीहरुको लागि कुनै खाचो नहोस भनेर यी संघसंस्था आवश्यक रहेको बताउनु हुँदै सरकारको नियम अनुसार विधिवत रूपमा दर्ता गरेर संचालन गरिएको बताउनु भयो । वहाले भन्नुभयो हामीलाई कुनैपनि काम गर्न जनशक्ति चाहिन्छ ।’

सक्षम जनशक्ति उत्पादन गरेर माग भए उपलब्ध गराउन सक्नुपर्छ । यहाँ इन्जिनियर मिस्तिरी उत्पादन गर्ने र ठूलो भवन निर्माण गरेर एउटा ट्रेनिङ्ग सेन्टर पनि संचालनमा ल्याउने लक्ष्य रहेको बताउनु भयो । एउटैमात्र संघसंस्थाले नहुने भएकोले धेरै संघसंस्था संचालन गरिएको बताउनु भयो ।

म जन्मेको ठाउँ अगौटेबारीमा हो । हाम्रो अंशबण्डामा निक्कै जग्गा छ। अगौटेबारी अलिकवारि जमुनाबोटे पनि हाम्रै हो । उहिले बाजेबोजुले बेचेकोले त्यो जग्गा किन्नु छ । वहाले भन्नुभयो विस्तारै विस्तारै जोड्दै जानुपर्छ । अझै महागुरु फाल्गुनन्द जन्मेको ठाउको जग्गा खरिद गरेर शालिक राख्नुपर्ने बताउनुहुँदै अझै धेरै महत्त्वपूर्ण काम गर्नुपर्ने बताउनु भयो ।

महागुरुको अंश लेच्छेबुङ महत्त्वपूर्ण जग्गा हो । वहाले सुनाउनु भयो त्यहा महागुरुले कुटे कुदालो गरेको ठाउँ हो । त्यो पनि किनि राख्नु पर्नेछ । हाम्रो धर्मलाई फ्याक्सन गर्न युमा धर्म बनाए तर मैले बिरोध गरिन अङसिमाङले भन्नुभयो हाम्रो बिरोध गर्नेहरुको आउने बाटोपनि यहि हो ।

हाम्रो बाटो चिन्नुसक्नु पर्छ भन्दै वहाले भन्नुभयो राम्रो सम्झाई बुझाइ गर्नुपर्छ । हिजोअस्ती सम्म हाम्रो समुदाय अन्धकारमा थियो । महागुरुको पालामा केही सुधार भयो । मेरो पालामा धेरै नै एकता भएर गएको छ । किरात धर्म संसारमा फैलिएको छ । त्यसैले धर्मको आकर्षण बड्दै गएको बताउनु भयो । यहाँ सबै जातजातिहरु क्षेत्री बाहुन लगायत प्रवेश भएको बताउनु हुँदै भन्नुभयो यो किरात धर्म विशाल बन्दै गइरहेको छ । माङलाई खुशी पार्न सक्नुपर्छ । वहाले भन्नुभयो माङ खुशी भए हामीलाई केही न केही आशिर्वाद मिल्छ। माङ खुशी भए चिताएको पूरा हुन्छ ।

अङसीमाङले भन्नुभयो अहिले हामी गरिब छौ । अनेकथरी भन्छन भोलि गएर विश्वमा धनी हुन्छौ । हरेक कुराको धनी हुन्छौ ज्ञानको बुद्धिको बिवेकको धनी राष्ट्रियताको धनी राष्ट्रको मालिक हुन्छौ । भविष्यमा भोलि गएर किरातीहरु धनी हुने बताउदै भन्नुभयो । समय संगसगै भोलिको दिनमा किरात धर्म पनि विस्तार हुँदै जान्छ तेतिबेला विश्वमा किरात धर्म मान्छ ।

अङ्सीमाङले कोरोना महामारी रोगब्याधि उत्तिकै मच्चिरहेको बताउनु हुँदै भन्नुभयो निकट समयमै युद्ध हुने संकेत छ । विश्वशान्ती कुनै धर्मले गर्न सक्दैन। विश्वशान्ती मुन्धुमले मात्र गर्छ । वहाले भन्नुभयो याङमुइ सबैले लिइराख्नु याङमुईको लागि माङको ढोका खुलेको छ ।

अङ्सीमाङले भन्नुभयो ‘ म जन्मेको ठाउँ अगौटेबारिमा मेरो आमाको शालिक बनाउने र म जन्मेको र मेरो परिवारको प्रतिमा बनाउने र ती प्रतिमाहरु हेरेर मेरो वास्तविक इतिहास छर्लङ्ग बुझुन । यो सबै बनाउने सोच बनाएको छु ।

म बसेको गुरुनिजी आश्रममा विभिन्न पार्टीको नेताहरु विभिन्न धर्मको धार्मिकहरु पनि भेट गर्न आउने बताउनु हुँदै भन्नुभयो धार्मिक सहिष्णुता गर्नु नै ठूलो कुरा हो । वहाले भन्नुभयो सबै पार्टी सबै जाती अट्ने किरात धर्म हो । अर्बौ खर्बौ कमाएको भएपनि मरेर जादा नलगिने बताउदै भन्नुभयो धर्म गरिएको छ भने धर्म पाप गरिएको छ भने पाप मात्रै लिएर जाने बताउनु हुँदै भन्नुभयो यो पवित्र सोच कार्यमा सबैजना लागिपर्न अनुरोध समेत गर्नुभयो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ३ : ०४ बजे