१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

बुद्ध र महागुरुको शालिक मिक्लाजुङमा शिलान्यास स्थापना हुनु नेपालीको सम्पत्ति हो : किरात धर्मगुरु



 मिक्लाजुङ गाउपालिका ४ जरिबुट्टेडाडा स्थित  किरात धर्म दर्शनदाता समाज सुधारक राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दको प्रतिमा अनावरण कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले आशीर्वचन, मिक्लाजुङ गाउपालिकाको आयोजनामा महागुरुको प्रतिमा शिलान्यास कार्यक्रम २०७८ फागुन २७ गते शुक्रबारको दिन मिक्लाजुङ गाउपालिका वडा नं. ४ स्थित जरिबुटे डाडामा प्रदान गर्नुभएको धर्मोपदेश  उप सम्पादक योगेश लाओतीले तयार पारेका हुन । यसको पुर्णअंश । 

ओत तागेरा निङ्वाभु माङे सेवारो ।
आज यस कार्यक्रममा हामी इलाम जिल्ला पान्थर जिल्लाका सबै भक्तजन लगायत बुद्धिजीवी विद्वानहरु पत्रकार बुवाआमा दिदिबहिनी हामी सबै उपस्थित भएका छौ ।

यो एउटा डाडा रमणीय डाडा हो । यो पबित्र थलो हो,अत्यन्तै पबित्र स्थल हो । शान्ति भुमी हो । यसमा हामी एकरात बास बस्दा मात्रै आत्मामा आनन्द आउने थलो हो । यस थलोमा महागुरुको शालिक स्थापनाको निम्ति यहाँ शिलान्यास गरेको छौ। यो सबै नेपालीहरुको सम्पत्ति हो । हामी बुद्धको शालिक स्थापना गरेका छौ सबै नेपालीको सम्पत्ति हो । यो दुई शालिकले हाम्रो नेपाल सधै सधै शान्तीको शंखनाद गर्छ । शान्तिको अभियान लागू हुन्छ । नेपाली जनता शान्ती भएर बस्छन् । सधै सुखी नेपाली जनताहरु हुन्छन् । हामीलाई बिश्वास लागेको छ । महागुरु फाल्गुनन्द पुर्व लिम्बुवानमा जन्मिनु भयो । हामिले धेरै ज्ञानहरु धेरै कथाहरु हरेक कुराहरुमा वहाँले हामीलाई उकालो लगाउने उपदेश दिनुभएको छ । त्यसैकारणले होला डाडाहरुमा महागुरुको शालिक राख्न थालिसकेको छ । यहाँ बुद्धको शालिक पनि छ । बुद्ध नेपालमै जन्मेको हो । बुद्ध हाम्रो लिम्बुहरुदेखी टाढा हैन। लिम्बुको छोरिचेलिबाट बुद्ध जन्मेको हो ।

यसको इतिहास मलाई राम्ररी थाहा छ । बुद्धले लेखेको लिपिमा पनि हाम्रो किरातको शब्द लेखेको छ । हाम्रो छोरिचेलिबाट जन्मिएको हुन् बुद्ध । बुद्ध लुम्बिनीमा जन्मिनु भयो । र, उनले संसारमा धर्म प्रचार गर्नुभयो । बिश्वमा लडाई गर्नु हुदैन झगडा गर्नु हुदैन शान्ति रहनुपर्छ भनेर भन्दा खेरी त्यतिबेलाको समयमा शान्ति भनेको शब्द के हो के हो संसारले बुझेन । अशोक राजाले सघाएर सहयाता गर्यो । बुद्ध धर्म बिश्वमा छरियो । चीन , जापान , थाइल्यान्ड ,इन्डोनेसिया यो मुस्लिम कन्ट्रीहरुमा पनि बुद्धको धर्म फैलिएर गएको छ । शान्तिको शब्दले तिमिहरु झगडा नगर तिमिहरु लडाई नगर तिमिहरु यति राम्रो मान्छेहरु किन मारामार गर्छौ भनेर बुद्धले सदा सम्झाउनु हुन्थ्यो । महागुरुले पनि बिश्वशान्ति मानव एकता यो दुइटा अदभूत शक्तिको रूपमा यो डाडालाई स्थापना गरेका छौ । पक्कै पनि हाम्रो लिम्बुवान भुमी भनौ हाम्रो किरात भुमी भनौ यसमा पनि सुन्दरता छाउछ भन्ने बिश्वास लागेको छ । किन भने महात्मा योगी पुरुषहरु समय समयमा मात्रै यो पृथ्वीमा जन्म लिन्छन् ।

संसार अचम्मको छ , संसार एउटा मान्छेलाई मसाउने नास गर्ने मात्र एउटा नेता जन्मिन्छ भने एउटा शान्ती मान्छे मास्नु हुदैन इस्वरिय सृष्टिलाई जिउकोतिउ राख्नुपर्छ भन्ने केही नेता जन्मिन्छ । त्यसले गर्दा खेरी हामी झगडा गरिरहेको छौ संसदमा, नेपालमै झगडा भयो । झगडा गरेपनि हामी शान्तिको पद पनि सम्हालेर अगाडी बढ्नुपर्छ । त्यसो हुदा मात्रै विकास गर्न सकिन्छ । हामी हाम्रो भाग्यले हामी भाग्यशाली भन्नुपर्छ पान्थर जिल्ला इलाम जिल्ला सबै गाउघरमा बिजुली बत्ती पुगेको छ । बाटो पुगेको छ । अहिले हामी गाउँगाउँमा चामल त बोक्नु पर्दैन पहिले पहिले तल मधुमल्लाबाट चामल बोक्थ्यौ हाम्रो ढाड यहि हो । पकन्दी खेल्दै जान्थ्यौ , ओरालो पकन्दी खेल्दै ल्याउथ्यौ । बर्खभरी खाने जम्मा गरेर बस्थ्यौ । पनि अनिकाल लाग्थ्यो अहिले झापामा धान फल्छ चामल हुन्छ असानी गाडीबाट ल्याएर यहाँ खान्छौ । यस्तो एउटा सुबिधामुखी हामी भएका छौं ।

यो आशीर्वाद भनेको महागुरु फाल्गुनन्दको देन हो । यसले गर्दा खेरी हामी अलि राम्रो भएका छौ । एकखाले राम्रो किसिमको विकास भएको छ । बाटो घाटो बिजुली बत्ती देखि लिएर स्कुल , शिक्षा , साहित्य अनेक कुराहरुमा विकास भइरहेको छ । हामिले अहिले सुग्घरसफामा पनि हामी विकास भएका छौ । आफ्नो घरघर टोइलेट बनाउने धारा बनाउने वाथरुमा बनाउने यी यावत कुराहरु विकास भइरहेको छ । यसरी नै विकास भयो भने अबको २० बर्षमा हाम्रो देश मुलुकले अर्को रुप लिन्छ । शान्ती चाहियो र हामिलाई शान्ती चाहिन्छ ।

हामी यहि भन्छौ हाम्रो देशमा के छ रु हाम्रो देशमा केही पनि छैन । उत्पादन गर्ने कुरा पनि छैन हामी फ्याक्ट्री बनाएर हातहतियार बनाउने समान नि छैन । सबै विदेशले हामीलाई अन्तर्राष्ट्रियले यसो हुक्वा दिएर सुम्बुङगेन हुक्वा भन्छन् नि यो देशमा गरिब छ भनेर हामीलाई सहयोग गर्छन् त्यसको भरले हामी चलिरहेको छौ । पनि हाम्रो देश धेरै धेरै विकास भएको अनुभव गर्छु । पन्चायतकाल ३० बर्षे पन्चायतकाल पनि देखेको । पन्चायतकालमा यस्तो विकास थिएन । चारजना जम्मा भएर पनि मिटिङ गर्यो भने अघि कम्निष्ट कंग्रेस के के जातिको आरोप लगाउथ्यो कुदाइहाल्थ्यो । अहिले लोकतन्त्र भन्छ अहिले अलिकति फराकिलो भएपछि विकास भएको छ । त्यसले गर्दा खेरी म के भन्छु भने हाम्रो विकासको गति यसरी नै अघि बढेर जाओस । महागुरुहरुले उपदेश दिएको यसरी नै पालना गरेर जाउ ।

हामीलाई शान्ती चाहिन्छ । गाउँघरमा हामी झगडा गर्नु हुदैन । अब यहाँ आज हामिले यहाँ तीन ठाउँमा शिलन्यास गरेको छौ । यो थलो कस्तो थलो हो भने पहिले पनि आएर बसेको थलो हो । यसमा एउटा के छ त भन्दा खेरी घाम हेर्दा खेरी पुष १५ मा घाम तल देखिन्छ । तल कोक्रोबाट निस्केको जस्तो देखिन्छ । मैले त देखेको छु । यहाँबाट घाम पनि हेर्न सकिन्छ । हामी दार्जीलिङ जानू पर्दैन घाम हेर्नुलाई हामी यहाँ बाट मज्जाले घाम हेर्न सकिन्छ । र ,यहाँनेर हामिले के गर्न सकिन्छ भने ठूलो ठूलो रेष्टुरेन्टहरु , होटेलहरुको ब्यवस्था सहित हामी समय समयमा गर्न सकिन्छ । हामी तल खेती गरेर यहाँ आएर आराम गर्न पनि सक्छौ । यो अत्यन्तै पबित्र भुमी हो । यो पहिले त चउरि मात्रै थियो मैले देख्दा अहिले जंगल भएको छ यो जंगलले कति रमणीय बनाएको छ । कति सुहाउदिलो गर्यो यसले गर्दा यसको रुप यो थलोको रुप परिवर्तन भएको छ । यो चिन्यौ जान्यौ भने हामी अधिराज्य भर जनताको यो थलो बन्छ । यो जनताको सम्पत्ति हो ।

यसकारणले यसमा हामी बल गर्नुपर्छ हामी धार्मिक पर्यटकिय अन्तराष्ट्रिय पर्यटकहरु त्यसमा आकर्षण गर्न सकिन्छ । अब महागुरुको शालिक राखेपछि पार्क बनिन्छ । बुद्ध पार्क महागुरु फाल्गुनन्द पार्क यस्तै नाम रहेर जान्छ । यसमा विभिन्न रमिता हेर्नेहरु आउछ । त्यसले गर्दा खेरी अब हामीले एउटा भ्युटावर बनाइदिउ भने त्यसबाट रमिता हेर्छन् । यसो राम्रो दुरविन राख्यौ भने कंचनजंघा , कुम्भकर्ण , सगरमाथा , मधेस सबै हेर्न सक्छौ । हामी यो चारैतिरको जिलाको आसपास सबै देख्छौ । यो बडो रमाइलो ठाउँ छ । विकास झै गर्नुपर्छ । बाटो पुगेको रहेछ ।

हामी पहिले हिड्दा बाटो थिएन । गोरेटो बाटो थियो । अहिले बाटो बनेको छ गाडी मज्जाले कुद्छ त्यस्ले गर्दा यस थलो फुलबारी नै फुलबारी बनायौ भने एक रमाइलो हुन्छ । हामीलाई स्वर्गमा पुगेर बसेको जस्तो अनुभुती हुन्छ । यो यस्तो थलो हुनाले देविदेउताले श्रींगारिएको यहाँ देखी तल हेर्यो भने रवि छर्लङ्ग देखिन्छ । त्यहादेखी तल लुम्दे , श्रीन्तु यी सबै ठाउँ देखिन्छ । यसमा महागुरुको पार्क बनेपछि बुद्धको पार्क बनेपछि आउनेजाने मान्छे यहाँ घचाघच भिड हुन्छ । अब सरकारी सहयोगबाट यसलाई राम्रो बनाउने बजेट विकास खानेपानी खेल्ने हेर्ने यन्त्रहरु राखिदिनु पर्छ । यहाँको जनताले एक दुई पैसा बुझाएर हेर्छन् । त्यो आमदानी भनेको मिक्लाजुङ गाउपालिकाको आम्दानी हुन्छ । हाम्रो आम्दानी हामी संगै छ । यहाँ लाखौ मान्छे आयो भने एक रुपैया राख्यो भनेपनी एक लाख हुन्छ । यहाँ रवि वरिपरिका भक्तजनहरु छन् ज्ञात अज्ञात हामी सबै भेला भएका छौ । अब यहाँ बेहुली ढुङ्गा छ यसको कथा लामो छ ।

यो बेहुली ढुङ्गाको कथा लेख्दा साच्चै राम्रो कथा छ । यसलाई हामिले थामडाडा भनिन्छ । जरिबुट्टे डाडा भनिन्छ । यो ठाउँमा दबाइपानी पाइन्थ्यो । यस थलोमा अझै पनि पाइन्छ । जरिबुट्टेडाडा खेसङकोप्पाको सिरान भन्छ । यो डाडाहरु पबित्रभुमी माङ बसेको भुमी देविदेउता बसेको भुमी यो भुमिमा हामी छौ । हाम्रोमा यो आत्मा भित्र माङ पस्यो जस्तो लाग्यो किन भने शालिक निर्माण गर्ने मन्दिर निर्माण गर्ने बस्ने थलो निर्माण गर्ने यहाँ ठूलो ठूलो होटेल निर्माण गर्ने यो अवश्य पनि हुँदै जान्छ । यो भयो भने सार्है विकास हुन्छ । मिक्लाजुङ गाउपालिका एउटा बत्तिको रूपमा रहन्छ । यो अनुरोध गरेको छु । यो सिमाना यतापट्टी इलाम पर्छ संगम स्थल चारखलको पान्थरको संगम स्थलमा छौ । यहाँ बाट सगरमाथा देखिन्छ वरिपरिको हिमाल देखिन्छ । यो बढो रमाइलो ठाउँ छ ।

चैत बैशाख जेठ सम्म रमाइलो देखिन्छ । यस ठाउँलाई पबित्र बनाउनेमा सवैले ध्यान दिउ । मन्दिर बनाउ शालिक राख्ने मन्दिर राख्ने के के हुन्छ त्यो राख्दै जाने अब हामीले महागुरुको शालिक स्थापना गर्नु नै एउटा मणिको स्वरुप हो । बत्तिको स्वरुप हामी सुरु गरेको छौ । महागुरुको शालिक राख्नु नै मणि हो । बत्तिको रूपमा सुरु गरेको छौ । यो दुई कुरा झै हाम्रो सम्पत्ति हो ।

 

बुद्धको शालिक राख्दा हाम्रो पो नहुने हो कि भन्नेहरु छन्। यहाँ हाम्रो पनि हुन्छ । बुद्ध हाम्रो चेलीबेटीको छोरी हुन् । मायादेवी भनेको लिम्बु चेलिबेटी हो । बुद्धको इतिहास छ । किरात मुलुक हुँदा खेरी बुद्ध संग सम्बन्ध थियो । यो ज्ञानको बत्तिहरुमा यो स्थापना गरेको छौ । यो ज्ञानले हामी सबैलाई पबित्र बनाओस हामीलाई , मलाई लाग्छ विश्व महामारी कोभिड १९ ओमिक्रोन यस बिमारले पनि हामिलाई असर नगरोस । सबै बाचौ सवै सुखी बनौ यहि कुरा म अनुरोध गर्न चाहन्छु। यहाँ विभिन्न कुराहरु छन अब लडाई झगडा नहोस जस्तोस् युक्रेनी जनताहरु अहिले बेपत्ता भएको छ । विदेस भागेको छ लडाई भइराखेको छ । दिनरात मान्छे मरिराखेको छ ।

यस्तो झै नहोस बुद्धको भनाइ जस्तो महागुरुले बिश्वशान्ती भनेको जस्तो बिश्वशान्ती मानव एकता रहौ । मानव मानवमा एकता रहने प्रभाव रहने यहि कुरा म भन्न चाहन्छु । तपाई हामिमा झै झगडा गर्नु हुदैन हामिले झैझगडा गर्नेहरु छ भने पनि भागी हाल्नुपर्छ । झैझगडा गर्नु हुदैन भनेर सरसल्लाह दिनुपर्छ । म यहि कुरा तपाईंहरुमा अनुरोध गर्न चाहन्छु । मिक्लाजुङ गाउपालिकाको अध्यक्षज्युले यो कार्यक्रम राख्नु भएकोमा मलाई ज्यादै खुशी लागेको छ । अध्यक्ष अमर माखिमको प्रयास प्रदेश सरकारको प्रयास इन्द्र आङ्बोज्युको प्रयास त्यसैले गर्दा यो हाम्रो प्रयास सफल हुनेछ । यहाँ शालिक राखिसके पछि अनावरण गर्न प्रधानमन्त्री ल्याउ प्रधानमन्त्रीको हात बाट अनावरण गरौ । हाम्रो गाउँठाउँ देखाउ विकासका क्रमहरु देखाउ यो कुरा नै सबै भन्दा ध्यान दिइराखेको छु । प्रधानमन्त्री आएर यो थलो अवलोकन गर्यो भने विकास हुन्छ नभए राष्ट्रपति ल्याउनुपर्छ राष्ट्रपतिले गर्यो भने झन ठूलो विकास हुन्छ ।

यहि कुरा नै मैले सम्झिरहेको छु । भोलि शालिक निर्माण भइसकेपछी उद्घाटन तथा अनावरण गर्ने बेलामा धेरै बसेर छलफल गर्नुपर्छ । देशको राष्ट्रको मुख्य अभिभावकहरु ल्याउनुपर्छ । राष्ट्रपती प्रधानमन्त्री देवता सबैले टेक्यो भने भुमी पबित्र बनिन्छ । भुमी मुक्ती हुन्छ । रवि महागुरुले घुमिघुमी शिक्षा दिएको थलो हो । महागुरुले घुमीघुमी बोलेको थलो हो । र, त्यहाको मान्छेहरु राजदुत भए देश विदेस काठमाडौ , अमेरिका , इङ्लेन्ड घर बनाएर बसेका छन । यस्तो आशीर्वादहरु पाइन्छ । त्यसैले आशीर्वाद भनेको टाढा हुदैन । यसरी पाउन सकिन्छ । यो डाडालाई शृङगार्यौ भने आशीर्वाद पाइन्छ यसबाट शक्ति पाइन्छ । शक्तिको स्रोतमा यो डाडाखोलानाला रहेको छ ।

यो कुम्भकर्णको अगाडी सगरमाथाको अगाडी मिक्लाजुङको अगाडी तल मधेस मैदानको अगाडी श्रीअन्तुको अगाडी यो डाडा आठ ठाउको मोहराले घेरेको यो पबित्र थलो हो । हामिले सिंगार्नु पर्छ । हामिले सिंगार्यौ भने हामी नै हो देउता हामिनै हो माङ । तपाईंहरु लाइ यहि कुरा भन्न चाहन्छु । हाम्रो पान्थर जिल्लामा दैविक प्रकोप भयो । लारुम्बा बसेर भुगोलबाट नापेर हेर्यौ ।

यो पानी एकै ठाउँ परेको भए निकै ठाउँ नोक्सान गर्थ्यो । यो पनि डोलिएर आएर चारखोल अलिकति भेट्टायो अनि पान्थर भेट्टायो । यो पानी जापानको समुन्द्रबाट उठेर आएको पानी हो । उता राजास्थान पट्टि गएन भारतमा आदि भेट्टायो अनि चीनको चाङगाइमा भेट्टायो उता युरोपतिर भेट्टायो त्यो पानी बाढिन्दै आएर यसको मुस्लो झै यहाँ आयो । त्यो मुस्लो यहाँ आएर थुप्रीन्दा खेरी यहाँ दैविक प्रकोप धेरै भयो । यहाँनेर खोला पहिरो गयो । तपाइहरु लाई के भन्छु भने लिम्बुहरुको एउटा कथा छ । लिम्बुहरुले पहिले डाडामा गएर पुजा गर्थ्यो । त्यसलाई लुङमाङ भनिन्थ्यो । किन गरिन्थ्यो भन्दा खोला पहिरोको रोकथामको लागि त्यो पुजा लगाइन्थ्यो ।

लुङमिक पनि भनिन्थ्यो । खाक्मिक लुङ्मिक उठ्यो भने यस्तो माथी डाडामा पनि पहिरो जान्छ । अब यो हाम्रो पन्चमी डाडा म सानोदेखि खेलेको बसेको म राम्ररी जान्दछु । मलाई बिश्वास लाग्थ्यो पहिरो जादैन । यसबाजी खाम्मिक लुङमिक उठ्यो पहिरो गयो । अब मान्छे पुरी मार्यो २५ सालको पहिरो पनि यति ठूलो आएको थिएन मैले देखेको हो । यत्रो आको थिएन । पन्चमिमा झै यसपटक १०,११ जना मर्यो । यस्तोखाल्को खाम्मिक लुङमिक उठ्यो भने त्यो किसिमको खोलो पहिरो उठ्छ । घरबार बिहिन हुन्छ जग्गा जमिन घर बगाइदिन्छ मान्छे बगाउछ चौपाया बगाइदिन्छ सबैकुराहरु बगाइदिन्छ ।

माइखोलाले के के ल्यायो ल्यायो त्यहा मेरो जग्गा जमिन छ काठदाउरा चौपाया बगाएर ल्यायो सुङ्गुर बाख्राको खोर बगाएर ल्यायो धानको बाली बगाएर लगिदियो त्यसले गर्दाखेरी यसलाई हाम्रो पुर्खौली भाषामा के भन्छ भने खाम्मिक लुङमिक उठ्यो भने खोला पहिरो जान्छ ।

पहिले पुर्व लिम्बुवानमा डाडाकाडामा खाम्मिक लुङमिकको सेवा गर्थ्यो । अहिले त त्यो पनि गर्दैनौं भौतिक भइ हाल्यौ । हामी सुबिधामुखी भयौ अल्छेपनी भयौ । ईन्टरनेट घरघरमा मोबाईल गोजि गोजिमा छ विभिन्न आइहाल्छ अहिले केटाकेटीहरु त्यहिमात्र हेरेर बस्छ । युगै परिवर्तन भयो । हामी यो पुरानो रित छ परम्परा छ यो छोड्नु हुदैन । तपाईंहरुले खोलानालामा चोखोनितो भएर सेवा गर्नुखोला पहिरो नजाओस है थुक्वा मेम्बेक्नेरो माङे तुक्खेमेन्दे मेन्दाये अनेकमार्गिहरु नआओस महामारीहरु नआओस वैदुक्मा उहिले पुर्खाहरुले पुजा गर्थ्यो नि त्यो प्रमाण छ । यस्तो बिमारले दुख नदेओस है भनेर पुजा झै गर्नुपर्छ । मैले भन्दै आईरहेको छु तपाइहरुलाई डाडाकाडामा सेवा गर्नु महामारी फैलिएको छ । नजानिने नदेखिने बिमारहरु डक्टरले पनि पत्ता लगाउनै नसक्ने बिमारहरु आउदैछ,यसको निवारणको लागि सेवा पुजा नै श्रेष्ठ हो । यो थलोमा पान्थर चारखोलको भेला भएर सेवा गरौ । महागुरुको सम्झनामा सेवा गरौ तर चोखोनितो भएर सेवा गर्नुपर्छ । यो खेसङकोप्पामा भालुले कोरेको जस्तो देखिन्छ ।

किन कोर्यो यो खाम्मिक लुङमिक उठ्यो । हामी कस्तो छौ भने यो मेरो जग्गा भन्छौ आखिरी त हाम्रो पनि होइन । बाचुन्जेल झै मेरो मेरो भन्यो तर, त्या बाच्छन झगडा गर्छन् सराप पनि गर्छन् थुक्छुङ पनि अनि माङ रिसाएको बेला खामिक लुङमिक तुक्किल्ले सबै बगाउछ । अहिले देख्यौ नि कहिले नउक्सिने खोलानालाहरु माथी माथी भित्ता हानेर गयो । अब यस्तो भयो भने संसार यस सजग रहने बेला भो । यसलाई निवारण गर्ने तरिका झै सेवा गर्नुपर्छ । त्यो पहिले पुर्खाहरुले गरेको थियो अहिले हामी गर्दैनौं । त्यसले गर्दा पनि हो । त्यो पानी आएर ठ्याक्कै चारखोल अलिकति अनि यहाँ पान्थरमा लथालिङ्ग बनाएर गयो । हामिले पृथ्वी लाई उपकार गर्नुपर्छ । पृथ्वीले उपकार खोज्दो रहेछ मैले अध्यन गरेको छु । हाम्रो ठाउँमा ठूलो पहिरो जाँदै थियो अनि त्यहानेर झै पहिरो रोकथामको लागि पुजा गर्ने भनेर एकदुइ मुठ्ठी चरु पोलेपछी त्यो पहिरो रोकिएको छ ।

त्यसकारण मैले यसो अध्यन गरेको झै खाम्बेक्मान आप्लुङगेन ताङ्सेप पोङ्ल , यो मान्छे जस्तै रहेछ । त्यसले गर्दा खेरी उधौलि उभौली पृथ्वीको सेवा गर्नुपर्छ । त्यसो गर्दा हामी बाच्छौ । म तपाईंहरु लाई यहि भन्छु । बिमार नआउने कुराहरु छ । हाम्रो जग्गाहरु बगाएको छ सरकारले राहत दिदा पनि कति पो दिन्छ ।सम्भव नै छैन । यो बाट हामी सजग रहनु पर्यो बाच्नु पर्यो । पृथ्वी लाई यो उपाय पनि गर्नु पर्छ । यो पान्थर जिल्लामा हेर्दा बिरक्त लाग्छ भालुले कोरेको जस्तो जताततै कोरेको छ । खाम्नुवा तिर हेर्यो बिरक्त लाग्यो हेर्न लायकको छैन । पृथ्वी लाई उपचार गर्नुपर्छ । हामी त मान्छे हो जुम्रा हो पृथ्वी लाई जोतखन गरेर खान जानेको छौ चित बुझेन भने थुक्छौ त्यो खाम्मिक लुङ्मिक भएर उठेपछी खोला पहिरो जान्छ । त्यसले गर्दा खेरी पृथ्वीको लागि पनि उपचार गर्ने तपाईंहरु लाई यो कुरा अनुरोध गर्न चाहन्छु ।

यो बेहुली ढुङ्गा जरिबुटेडाडा यो यस्तो पबित्र थलो हो यहाँ देखि संसार हेर्न पाइन्छ । र यसमा बेला बेला जम्मा भएर सेवापुजा गर्ने होमादी सेवा गर्ने गरौ । म यहि भन्छु । यो मिक्लाजुङ गाउपालिका लाई पबित्र बनाउ । मिक्लाजुङको इस्टदेउताले पनि हेरेको थलो हो यो एकपटक यो मिक्लाजुङ सबै घुमेको छु । यो मिक्लाजुङबाट मोहरा यसो फर्केको छ । बेहुली ढुङ्गाको मोहरा यसो घुमेको छ । उता सगरमाथाको मोहरा यता फर्किएको छ । कुम्भकर्ण श्रीअन्तुको मोहरा यता फर्किएको छ । यो रमाइलो डाडामा हामी यसरी कार्यक्रम गर्न सफल भएको छौ । गाउँ सरकारले योजना गरेकोमा हामी खुसी छौ । हामी जनताहरु पनि खुसी छौ । जनताहरु यो भएन त्यो भएन भएर बाक्छन मिल्ने ठाउमा मिलेर गर्नुपर्छ । अटाउने कुरापनी गर्नुपर्छ के गर्ने अटाउने कुरा गर्यो भने मान्नुपर्छ नि भनेर मैले भने । किन भने बिरोध हुन्छ त्यो बिरोध भित्र पनि हामीलाई अटाउने ठाउँ छ भने हामी बिरोध गर्ने के काम , काम गर्ने बिचार गर्नुपर्छ ।

रांगा ढल्यो भने मान्छेले काटेर खान्छ नि ढलेपच्जी कोहि टाउको खाने टाउको खान्छ जिब्रो खानेले जिब्रो खान्छ गिदि खानेले गिदि खान्छ कान खानेले कान खान्छ मासु खानेले मासु खान्छ त्यस्तो पो हो त राजनीति भनेको त हामी त त्यस्तो पो हो त रांगा ढालेको बेला खाने बेलामा जाउन के भो त जुनै पार्टी होस त्यसरी जानुपर्छ भन्ने मेरो सिद्धान्त पनि हो । वहाले हामीलाई अटाइहाल्यो हामी अटिहाल्यौ शिलान्यास भयो । मैले पनि त्यही भने रांगा ढालेपछी त खानेमा एकजुट हुनुपर्छ । त्यो खानेमा एकजुट हुन सकेनौ भने विकास हुन सक्दैन । त्यसमा शान्ती पनि चाहिन्छ । बिचार पुर्याउनु पर्छ । यहाँ अमर माखिम यस्तो बालागुरु यस्तो त्यस्तो होइन गर्नेठाउमा एक हुनुपर्छ ।

ल माओवादी संग हिजो लड्यौ । माओवादी नेताहरु संग कुरा गर्यौ छलफल गर्यौ लड्यौ अहिले शान्ती सम्झौता आएर मिल्यौ अहिले संगै छौ बिचार पनि मिलिराखेको छ । देशको राज्यको कुरापनी बिकिराखेको छौ । जनताको कुरा पनि बोकिराखेको छौ । यस्तै हो राजनीति । हाम्रो मान्छेहरु कुरा बुझ्दैन्न पो है वीर रांगा ल्याएर ढाल्यो भने खानेबेलामा सब एकहुनुपर्छ । जस्तो अमर माखिमले एक अर्वको योजना झार्यो भने त्यो खान त सबै जम्मा हुनु पर्यी नि त उ एकलै खान सक्दैन । कसैले के खाला के खाला ती सवै योजना परियोजनामा ल्याएर अगाडि बढाएर विकास गर्नुपर्छ । म यहि भन्छु अब जे होस अमर माखिमले यो काम गर्नु भयो ।

वहाको बुवासंग काम गरेको हो पहिला यो काम पूरा गरेकोमा वहालाई मेरो तर्फबाट धन्यवाद छ । जनताको तर्फबाट धन्यवाद छ । यो कुरा बुद्ध महागुरुको शालिक राख्नुमा नेतृत्व गर्नु भो प्रदेश र गाउपालिकाको बजेटमा निर्माण गर्ने भयौ यो पूरा हुन्छ । अघि मैले उदाहरण दिए ठेक्का लाग्छ ठेक्का लागेपछी कुल्ली लाग्छ कुल्लिले त पैसा खायो नि त यो तरिकाले पैसा खान्छन् । कुल्लिहरु हाम्रो मान्छेहरु लाग्छन् । बालुवा बोक्नु परो गिट्टि बोक्नु परो हार्मो मान्छेले पैसामा गर्छ ।

त्यो पैसा हाम्रैमा त गयो नि अमर माखिमले गोजिमा त लाएन नि त्यो त जनताको गोजिमा पर्यो नि । बुद्ध शालिक पनि तेसै आएको होइन हामिले नै लिएर आएको हो त्यो तरिकाले यो माङ्वाहाङ्वा भन्छ ।माङ्वाहाङ्वा हामिले यसरि थापेर खानुपर्छ । त्यस्को सिद्दिशक्ती हामी खान्छौ नि । त्यसको शक्ति त्यसको फल हामी खान्छौ हामी जनताले पो खान्छौ । त्यसले गर्दा खेरी हाम्रो देश मुलुक बनिन्छ हाम्रो बालबच्चा भोलि प्रधानमन्त्री पनि हुन्छ भोलि मन्त्री पनि हुन्छ भोलि जागिरे होला ठूलो ठूलो काम गर्ने होला त्यस तरिकाले आशीर्वाद पाउछ । मलाई खुसी लाग्यो हाम्रो अमर माखिम जि यो काम गर्नुभयो मलाई खुसी लाग्यो मेरो तर्फबाट धन्यवाद छ तपाइँलाई अब यसलाई एउटा काम गर्नुपर्छ यसलाई दैनिक पैसा झरिरहने एउटा कार्यक्रम ल्याउनु पर्यो त्यसैले बुद्धको मुर्तिमा महागुरुको शालिकमा पैसा झरिरहने यो अमर माखिम पृथ्वीमा नभएपनी यो अमरले गरेको होइ भनेर त्यो हाम्रो इतिहास रहन्छ ।

शिलान्यास गर्यौ त्यो पनि इतिहास रहन्छ । त्यो इतिहास जनताले हेर्छन् । यस्तो भएको रहेछ भनेर भोलि हाम्रो किताबमा आउँछ । मलाई आज खुसी लाग्यो यो सुनसान रनबनमा यस्तो जंगल पहाड ठाउँमा पबित्र थलोमा भेला भएको छौ ।हामिले धार्मिक कुरा सामाजिक कुरा राजनीतिक कुराहरु सबै गर्न पायौ । मलाई यहि कुरा खुसी लाग्यो ।

मेरा तल धेरै मान्छे आउँछ । समाजिक धार्मिक राजनिक कुरा पनि ल्याउछ । आ आफ्नो बिषय पार्टिको कुरा लिएर पनि आउँछ । धेरै कुराहरु बुझ्न मौका पाइन्छ । त्यसले गर्दा यो मलाई समुन्द्र जस्तो लाग्यो । आज म यहाँ आइपुगे आज गाडी चडेर आइपुगे पहिले त खुट्टाले हिडेर आइपुगेको छु। अहिले गाडी चडेर आइपुग्दा मलाई यस्तो खुसी लाग्यो । यो डाडा महाभारा डाडा यस्तो पबित्र थलो हो । मानहरु हिडेको ठाउँ महागुरु यहि थलोबाट ओहोरदोहोर गरेको थलो यो थलो महागुरु घुमेको थलो यो त पबित्र थलो हो । त्यसकारण मलाई पनि खुसी लागेको यस पबित्र थलोमा आउन पाउँदा खेरी र म यसो भन्दै म धेरै समय लिन्न म आज बोलेको कुरा त संसारले देखिरहेको छ । यहाँनेर नेटको माध्यम बाट संचार माध्यम बाट बिश्वमा गइरहेको छ ।

बिश्वका हाम्रा धर्मावलम्बिहरु बिश्वमा रहेको मानिसहरुलाई पनि यस आशीर्वाद शक्तिले गर्दा खेरी सबैमा शान्ती होस । सुख शान्ती र कोबिड १९ ओमिक्रोन बिमार न लागोस शान्ति होस । यसबाट धेरै मान्छे मरिसक्यो भनेको सुन्छु त्यसैले गर्दा यस्तो रोगब्याधीहरु हाम्रो ग्रहहरु शान्ती होस हामी शान्तिमै जिउन पाउ शान्तिले बाच्न पाउ तागेरा निङ्वाभु माङ संग म प्रार्थना गर्दै मेरो शब्द यहि टुङ्ग्याउन चाहन्छु । यहाहरुलाई आशीर्वाद र तपाईंगरुले यो कार्यक्रम गर्नुभएकोमा यसमा मेरो शुभकामना छ । उत्तरोत्तर प्रगती भएर जाओस मेरो यहि नै शुभकामना छ । सेवारो तियाहा ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : १३ बजे