६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

सेर्मावंशहरुमा दार्शनिक, राजनीतिक बिचारका मान्छेहरुको जन्म होस : किरात धर्मगुरु

सत्मार्गको बाटोमा लाग्नुहोस् तपाईंहरुलाई आशीर्वाद छ



ओत तागेरा निङ्वाभु माङे सेवारो ।

आज यो थलोमा उहिले हाम्रो पुर्खाहरुले यो माङ्जाबुङको कथा सार्है गर्नुहुन्थ्यो मेरो कानमा छ । र , आज प्रत्यक्ष म यहाँ आउन पाए आज मलाई पनि खुशी लागेको छ । हाम्रो सेर्मा बंशको अधिबेशनमा म उपस्थित हुन पाउँदा यहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु । यो थलो सार्है ठूलो ऐतिहासिक थलो हो । हाम्रो यहाँ मुन्धुममले के भन्छ भने पहिले सोधुङगेन लेप्मुहाङको समयमा जल प्रलय हुदा पनि यो डाडा खोला नडुबेको हाम्रो प्रष्ट कथामा आउछ ।

सुम्हात्लुङमा पहिले सुरुसुरुमा ठूलो ठूलो भुकम्प आउदा खेरी यहाँ देविदेउताको देवस्थल रहेछ महागुरु पनि यहाँ पाल्नु भएको रहेछ यो थलो बहुत रमाइलो रमणीय ठाउँ हुनाले मलाई पनि खुशी लाग्यो । यहाँ मुख्य कुरा सेर्माहरु भएको थलो रहेछ । यगम्बा के भन्छ भने ढेडुको नाम बाट राखेको नाम भन्छ । यो वरिपरि घुमेर हेर्दाखेरी देव स्थल भएको थलो अनि हामी आज अवलोकन गर्यौ सेर्मा पुर्खाको शालिक आज हामिले अनावरण गर्यौ । सेर्माहरुको नाममा तपाईंहरुको नाममा यो युग – युगान्तर सम्म हाम्रो पाप कर्महरु भएता पनि तिनिहरु माङले फिर्ता गरोस ।

तपाईंहरु पनि पबित्र हुनुहोस । संसारमा जहाँसुकै छरिएर बसेतापनी सेर्माहरु एकता रहोस। सत्मार्गको बाटोमा लागोस तपाईहरुको बंशहरु ठूलो ठूलो दार्शनिक , राजनीतिक नेता राजनितिक बिचारका मान्छेहरुको जन्म होस । र , धर्म कर्म बिचार भएको मान्छेहरु जन्म भएर जाओस यहि कुरा तपाईंहरुलाई आशीर्वाद छ । हामी सेर्मा बन्धुहरुसंग हाम्रो पनि कुटुम्बको नाता महागुरु फाल्गुनन्दको समयमा महागुरुको आफ्नो जेठी भतिजी यहि भज्याङ भन्ने ठाउँमा चुक्चिनाम्बाबाट यहाँ दिएको हो । त्यसकारणले माङजाबुङ बोजुको नाताले चिनेको हु। र मैले सोधे र आज मैले घुम्न पाए तपाईंहरुले मलाई घुमाउनु भयो मलाई यसमा सार्है खुशी लाग्यो ।

हामी किन भने नि सुधार हुनुपर्छ थिबोङ याक्थुङसा हामी लिम्बू लिम्बू भन्छौ नि लिम्बू त पर्बते भाषामा मात्रै हो लिम्बू भन्छौ है । हामिले भन्दाखेरी थिबोङहाङ याक्थुङसासे भनेर हामिझै सम्बोधन गर्छौ । थिबोङहाङ याक्थुङसा आनि थिकहुप पोङबुङ थिबोङहाङ याक्थुङसा लच्छापोङ्बुङ लेच्छा निङ्वा चोक्मुङ लेच्छा इप्मुङ लेच्छा लाम्मेओ लाङघेक्बुङ महागुरुले घरीघरी भनिरहनु हुन्थ्यो । र , मैले पनि त्यही कुरा थिबोङ भनिरहेको छु ।

याक्थुङहाङ सा तपाईंहरुले ब्याख्या र विश्लेषण गर्नुपर्दा थिबोङ भनेको दस हो । दसवटा सरदारले यो लिम्बुवान जितेर लिम्बुवान नाम राखेको हो । दस सरदारले जितेर यो लिम्बुवान भनेर नाम भाको हो । र याक्थुङ भनेको पाखा पखेरो भिर पहरा यस्तो बाक्लो बस्ती बस्ने जात भनेको हो ।

थुम थुम केयुङ्बा बाक्लो बस्ति भनेको । थिबोङ भनेको दस सरदारको नाम थिबोङहाङ याक्थुङसा अनि हामी थिबोङहाङ याक्थुङ्सा हाम्रो मुल हाम्रो ओर्जिनोल नाम किरातेश्वर हो । किरातेश्वर देखि आएर थिबोङहाङ याक्थुङ्सा भएर हामी लिम्बुवानमा हिजोअस्ती सम्म राज्य गरेर बसेको हो । अहिलेको युगान्तरमा आएरझै लिम्बुवान लिम्बू भनिन्छ । लिम्बुको अर्थ लि तोङ संग लडेको हुनाले त्यो लि तोङले जितेको मुलुक भएको हुनाले यसलाई लिम्बुवान भनिन्छ । लि हेक्याङ लिम्बुवान मिङ वाप्मुङ लिम्बुवान नामकरण भएपछी सत्रथुम दस लिम्बुवानमा सत्रथुम नाम राखेको हो । दस लिम्बु सत्रथुम नाम लागेर मिक्लुक थुम पान्थरथुम ताप्लेजुङथुम तेह्रथुम यी विभिन्न सत्रवटा थुमहरुमा राज्य गरेर बसेको थियो ।

अहिले त्यो राज्यपनी गुमाई पठाएर अहिले लिम्बु मात्र भएर बसेको छौ । हामी लिम्बुहरुमा के भयौ भने सेर्मा भयौ जस्तो अघि यहाँनेर खेसेबान थाङलिङ थाङ्बा पोखेल्ले सेसे लर खेसेबान सेर्मा लाओतिन झै लाबुम्बा पुर्णेको दिन जन्मेकोले अनि लाओती आङको फेदमा जन्मिनेलाई आङ्देम्बे चिक्खिबुङ चिक्खिको बोटमा जन्मिनेलाई चिक्खिबुङे यस्तै यस्तै थरहरु बनेर अहिले हामी बसेको छौ । समस्तमा एउटै थलोबाट बाडिएर आएको हौ । त्यो देखी माथिनै जाने हो भने हामी मुनातेम्बेमा उत्तरकाशिमा पुग्छौ ।

यसरी हाम्रो विकास भएर आएर नेपालमा नेपाल पनि थिएन नेपाल त काठमाडौ लाई भनिन्थ्यो मेरो बोजुले मलाई भन्थ्यो बालौ नेपाल केबेआङ केभेर्बी भन्थ्यो नेपाल भन्थ्यो अहिले मात्र हामी नेपाली हौ भन्छौ । त्यसकारणले पहिचानका कुराहरु पनि उठछ धेरै तर हाम्रो पहिचान तर हामिले आफै बिर्सेका छौ । आफै लत्याएको छौ के गर्ने हामी सबै पछाडी परेको छौ र हामी सबै विकास त भयो पहिचानको लागि त विकास भाको छैन मेरो लागि त । त्यसकारणले आनि थिबोङ याक्थुङ्सा एउटा हुनुपर्छ ।

महागुरुले के भन्यो माङजाबुङमा पनि महागुरुले फर्किफर्की सम्झाएको थलो रहेछ । माथी महागुरु बसेको थलो रहेछ । यहाका हाम्रा याक्थुङबाहरुले कुरा बुझेन अहिले तपाईंहरुले कुरा बुझ्नु भएको भा तपाईंहरु एक सा एक पाइलट हुनुहुन्थ्यो राजनीतिज्ञ हुनुहुन्थ्यो बिज्ञ हुनुहुन्थ्यो हरेक क्षेत्रमा बिद्द्त हुन्थ्यो । तर, त्यो कुरा नबुझ्नाले हाम्रो यो गति छ । अहिले अलिअली याक्थुङबाहरु पनि कुरा बुझ्ने अलिक ज्ञान् खुलेको छ । होइन हो आतान आवाबे हो भन्ने सम्ममाझै पुगेको छौ है धेरै त म भन्दिन र आज यहाका जति सेर्मा बंश भेला हुनुभएको हाम्रो नातागोता अब हाम्रो काइसोदोक भन्छ हाम्रो भाषामा काइसोदोक भेला भाको छौ । हाम्रो नातागोता भेला भएको छौ। चेलीबेटी भेला भएको छौ इस्टमित्र भेला भएका छौ यो एउटा राम्रो सुनौलो मौका हो ।

यसलाई खराब भन्दैन यहाँ राजनेताहरु विभिन्न पार्टीको नेताहरुपनी भेला भएका छन् । यो मलाई खुशी लाग्छ राजनेताहरु संग म संगै हिड्नु संगै डुल्नु घुम्नु पाइराखेको छु । मेरो कुरापनी राख्नु पाईराखेको छु। अब विकासका कुराहरुपनी छन् । यहाँ वसन्त नेम्बाङजिले अघि भन्नू भो यहाबाट एउटा लिफ्ट लाने माथी सुमहात्लुङ पुर्याउने यो कुरा राम्रो हो । र , यहाँ सेर्माहरुको लागि एउटा संग्राहलय खोल्ने यो बिचार पनि राम्रो हो। यसले हामिलाई पनि सहयोग गर्छ । अर्को लिम्बूले अर्को लिम्बुलाई सहयोग गर्दै जान्छ भरसक सबै लिम्बुहरुमा यस्तो खालको एउटा भावना बिउझेमा सार्है राम्रो हुन्छ । तपाईंहरुलाई सम्झाउने तपाईंहरुलाई ज्ञान् शिक्षा दिने तपाईंहरुलाई उपदेश दिने तपाईंहरुलाई ज्ञान् दिने त्यसले गर्दाखेरी यो कुराहरु उपलब्ध हुन सक्छ ।

तपाईंहरुले एउटा बंशावली लेख्नुभएको छ । त्यो बंशावलिले तपाईहरुको बीचमा प्रगति आउँछ हाम्रो लिम्बू भाषाबाट के भन्छ भने इत्छिमसाम सोच्ने शक्ति लाई विकास गर्छ । त्यसले गर्दाखेरी यो भन्दै म आज अलिक लामो बोल्ने इच्छा थियो समय कटेको हुनाले अब म यहाँ समय छोट्याउदै छु तपाइहरुकोमा म आइपुगे माङजाबुङ त नाम मात्रै सुनेको म त आइपुगेको थिइन म आज अवलोकन गर्नु पाउँदा आज यो ठाउँमा हेर्नू पाउँदा मलाई खुशी लाग्यो । हाम्रो लिम्बुहरुको बस्ने ठाउँ याक्थुङबाको बस्ने ठाउँ त यस्तै हुन्छ म जहि गएपनी यस्तै भेट्छु चौबिस तिर गए यस्तै भेटे हाम्रो पहाड पहाड यस्तै कुनाकाप्चा मा बसिराखेको छौ र हामी एकता झै हुनुपर्छ ।

हाम्रो बिचार एउटा ठाउमा बगाउनु पर्छ यो कुरा म भन्दै आज तपाईंहरुसंग आशीर्वाद दिदै म आइपुगेको आज मेरो उपलक्ष्यमा तपाईंहरुलाई तपाईंहरुको जतिपनी बंशको बंशावलिमा भेला हुनुभएको छ उत्तरउन्नती होस विकास होस यसले राम्रो प्रगति प्राप्त होस यसको लागिझै आशीर्वाद दिदै तपाईं हामिमा कुनै कोरोना बिश्वमहामारी हामी तपाईंमा नलागोस हामी बिमार नहौ हामी बाचौ एकदुइदिन सबै रक्षा भएर बसौ बाचेर एक दुई दिन संसार लाई हेर्न पाउ यहि कामना गर्दै तपाईंहरुलाई आशिर्वाद दिदै आज म यति भन्दै आशीर्वाद दिदै म तपाईं माझ विदा लिन चाहन्छु ।

आसेवारो

किरात याक्थुङ पापोहाङ सेर्मा सङजुम्भोको मिति २०७८ चैत २३ गते चौथो सम्मेलन तथा दोश्रो अन्तराष्ट्रिय महासम्मेलन, कुम्मायक २ माङजाबुङ पान्थरमा आयोजित कार्यक्रममा प्रदान गर्नुभएको अमृतमय आशिर्वचनको साफी किरात समाचारका उपसम्पादक योगेश लाओतीले गर्नुभएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ४ : ४६ बजे