१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

धनकुटाका जनताहरुलाई आशीर्वाद दिदैछु : किरात धर्मगुरु



किरात समाचार । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङले धनकुटाका जनतालाई आशीर्वाद दिन आएको बताउनु भएको छ ।

मंगलबार धनकुटाको सागुरीगडी-५ फुकुदेन , ओडारेमा आयोजित किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेन तथा चेला जयमान चवेगु शालिक अनावरण समारोह कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङले सो कुरा बताउनु भएको हो ।

अङ्सीमाङले भन्नुभयो ‘खानपिनमा सुधार भएर सबै जना सत्यको बाटोमा लाग्नुपर्छ’ अङसीमाङले भन्नु भयो, ‘हामी माङसा हाङसाहरुले राक्षसी कर्म छोड्नुपर्छ।’ माङसेवा गर्दा शुद्ध फलफूलले मात्र सेवा गर्न सबैलाई आग्रह गर्नु हुँदै वहाँले थप्नु भयो, ‘पवित्र फलफूलले सेवा गर्दा पनि माङ आउँछ, आशीर्वाद पाइन्छ।’

 

पछिल्लो समयमा किरात धर्मावलम्बीको संख्या अत्याधिक बढ्दोक्रममा रहेको सुनाउनु हुँदै मेरो बाजे फाल्गुनन्दलाई जयमानले गरेको कर्मले गर्दा म आज यहाँ आउन पाएकोमा वहाँले प्रष्ट पार्नुहुदै धनकुटाका जनतालाई आशीर्वाद दिनुहुदै जयमान परिवारलाई आशीर्वाद छ। आशीर्वचनकै क्रममा छोरा छोरीबीच समान व्यवहार गर्नु पर्ने समेत बताउनु भएको छ ।

यसरी किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरु हवाई मार्गमार्फत धनकुटाको फुकुदेनमा माङसवार भएको हो।

 

धनकुटाको सागुरीगडी ५, डाँडाबजार, फुकुदेनमा आयोजित कार्यक्रममा मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको हस्तवाहुलीबाट महागुरु फाल्गुनन्दको प्रतिमा अनावरणसँगै महागुरुका चेला जयमान चवेगुको शालिक र किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष लालप्रसाद चवेगूको शालिक अनावरण गर्नुभयो ।

त्यसैगरी महागुरु फाल्गुनन्दकालिन किरात माङहिममा अङसीमाङ तथा अङसीमामाङले विश्व शान्ति तथा मानव एकताका लागि माङसेवा समेत गर्नु भएको थियो ।

त्यस्तै मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुले ध्वँजेडाँडामा महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा स्थापनाका लागि शिलान्यास तथा अनुगमन समेत गर्नु भएको थियो ।

 

देवसवारमा हवाई मार्गबाट अङसीमाङ तथा अङसीमामाङ, गुरु सुपुत्र नाम्बिनहाङ लिङ्देन, गुरु निजी सचिव टंक लिङदेन, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, गुरु निजी चिकित्सक खगेन्द्र लिङदेन, किरात इङसेका सम्पादक ज्ञानु केदेम, गुरु सुरक्षा लगायत रहनु भएको थियो । कार्यक्रममा धनकुटाका संघीय सांसद राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा समारोहको तर्फबाट अङसीमाङ तथा अङसीमामाङमा अभिनन्दन पत्र चढाइएको थियो ।

महागुरु फाल्गुनन्द लिङदेन तथा चेला जयमान चवेगु शालिक अनावरण समारोहका अध्यक्ष जयकुमार थेगिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा औचित्य मन्तव्य दिलकुमारी थेगिमले राखेकी थिइन भने भगिहाङ नेम्बाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ५ : ११ बजे