माङसेबुङ । साविक बिजेता मानेभञ्ज्याङ फुटबल क्लव दार्जिलिङ भारत धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज(आइतबार) माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई २–१ गोल अन्तरले पराजित गर्दै मानेभञ्ज्याङ उपाधि नजिक पुगेको हो । मानेभञ्ज्याङको जितमा पेमा याङछेन डुक्पा…