९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

किरात समाचार । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री  शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । पार्टीको संसदीय निर्वाचनमा देउवाले ६४ मत पाउँदा गगन थापाले  २५ मत पाएका थिए ।