१२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026

किरात सभ्यताको नाम हो – अङसीमाङ लिङदेन



योगेश लाओतीः माङसेबुङ आएर आशीर्वाद माग्ने सबैले केहीँ न केहीँ आशीर्वाद पाएका छन् ।’ यहाँ आएर आशीर्वाद माग्ने सबैले आशीर्वाद पाएको किरात धर्मगुरु मुहङिगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले बताउनु भएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोह समुद्घाटन कार्यक्रमको अवसरमा आशीर्वचन दिनुहुँदै सो कुरा बताउनु भएको हो ।

तत्कालीन दन्दकालमा प्रचण्ड,बाबुराम भट्टराई लगायत नेताहरुले समेत भेटघाट गरेको र शान्तीको पक्षमा रहन लामो समय कुराकानी भएको समेत सुनाउनु भयो।
शान्ती स्थाइत्वका लागि शान्ती विश्व शान्ती तथा मानव एकताले मात्रै संसारमा शान्त स्थापना हुने र मानव कल्याण हुने अङसिमाङले बताएउनु भयो । वहाले भन्नू भयो शान्तीले मात्र देशको दिगो विकास हुन्छ । यस थलोमा देशका ठुला ठुला नेताहरु आएर आशीर्वाद मागेर पाएको छ । कोहि प्रधानमन्त्री समेत भएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङले भन्नू भयो विश्वमा किरातीहरुको चक्रवती राज्य थियो । किरात सभ्यता हो, किरातहरुको राजा थियो ।’ वहाले भन्नुभयो किरात सभ्यताको नाममा भोली गएर सबै करिात एकतामा जोडिने कुरापनि बताउनु भएको छ ।

नेपाली कांग्रेस इलाम कार्यसमिति डम्बर खड्का टीम साथै इलामबासीले आफूलाई सम्मान गरेकोमा हर्षित हुँदै वहाले भन्नुभयो आज सम्म कुनै राजनीतिक पार्टीले मलाई सम्मान गरेको थिएन यो मेरो जीवनका पहिलो हो । मेरो जीवनमै नविर्सिने भन्दै अङसीमाङले भन्नुभयो
हामी गुरुकुल परिवार खुशी भएको छौ,।

युगयुग सम्म पृथ्वी आकास सुर्यचन्द्र रहेसम्म जुनीजुनी सम्म यो मेरो जीवनको इतिहास भएको सुनाउनु हुदै आशीर्वाद समेत प्रदान गर्नु भयो । अङसीमाङले एमालेबाट झलनाथ खनाल प्रधानमन्त्री भएको कुरा सुनाउनु हुँदै भन्नुभयो अब नेपाली कांग्रेसको तर्फबाट पनि इलामेली नेता प्रधानमन्त्री भएको हेर्ने चाहना भएको बताउनु भयो ।

इलाम पुर्वकै प्रसिद्ध तथा पवित्र देवस्थल रहेको चर्चा गर्नुहुदै इलामको विकासमा जोड दिन इलामेली विभिन्न राजनितिक नेताहरुलाई अङसीमाङले अनुरोध गर्नुभयो ।

चारजात छत्तीस वर्णको साझा फुलबारी भनेपनि पन्चायत काल र राजाको पालामा बिभिनन जातजातीको भाषा लिपि धर्म संस्कृती फुल्न पाएन । अब भने त्यस्तो समय नरहेकोले सबै जातजातीले आफ्नो अधीकारको प्रत्यभुति गर्दै फुल्न पाउनु पर्ने सुनाउनु भयो ।

अङसिमाङले विश्व शान्ती तथा मानव एकता किरात धर्मले उठाउदै आएको कुरा सुनाउनु हुँदै विश्व मानव कल्याणको लागी धर्म आवश्यक रहेको कुरा बताउनु हुँदै आङसीमाङले भन्नुभयो धर्मले मात्र शान्ती र मेलमीलाप गराउछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ४ : ३७ बजे