मोरङको लेटाङ फुटबल क्लब आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। इलामको माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा मंसिर १४ गते सम्पन्न दोस्रो सेमिफाइनल खेलमा लेटाङले झापाको दमक भाङबारी स्पोर्टिङ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। लेटाङका लागि निरज परियारले दुई गोल गरेका थिए। दमक भाङबारीका लागि अफ्रिकन खेलाडी रिचार्ड विन्शनले…