किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो ताप्लेजुङको छैठौ अधिवेशनले विमल खिम्दिङको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका-६‚ काउलेस्थित किरात हाङसाम माङिहममा मंसिर १४ गते सम्पन्न सम्मेलनले २३ सदस्यीय समिति चयन गरेको हो। समितिको तीन उपाध्यक्षमा कमला पालुङ्वा‚ राम फुरुम्बो र भिम तबेबुङ रहेका छन्। यस्तै‚ सचिवमा प्रदिप तबेबुङ तथा सहसचिवमा लाजिमा कङ्लिबा र…