१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

बाडुली र सम्झना



बर्षौदेखि बेखबर
एउटा भूपू मायालुको सम्झानामा
म बचिरहेको छु ।
सम्झानाको हाँगामा टेकेर
पित्रीक पित्रीक नाच्दाना
पालुवा फेर्दै गरेको कलिो मुनाहरुमा
साँझपख खसेको शीतको आँसुहरूमा
विहानीको पहेलो घाम पोखिएपछि
कि त देख्यौं वर्षौदेखि बेपता
आफ्नै बेखबर भूपू मायालुको आकृती ?
सबेरै तक्सङ कोक्मा माथिमाथि सबेरै
मनको अप्ठयारो कुना कन्दरामा
लुङमा सोम बनाएर मलाई
अचेल किन घरिघरि रोइरहन्छ सेल्लोवा ?
थाहा छैन कहिलेदेखि
यति विघ्न सताएर मलाई
घरिघरि यति जोडले किन चल्छ हेल्लुवा ?
समयको पात्रो फेरिए कतिकति
तर पनि सम्झनाको मझेरी उस्तै
हेर त मैले ओडि हिँड्ने आकाश उहीँ छ
मैले खेली हिँड्ने आगन उही छ
प्रत्येक क्षितिजमा अस्ताउने जुन उही छ
मैले बालापनमा विताएको सुदूर सम्झाना उहि छ ।
ठीक यतिखेर
म संसार नियालिरहेकोछु ।
हेर त म जस्तोको तेस्तै छु
बस फरक यति हो
जिन्दगीको कथा मात्रै फेरियो
                                                                                                                                                                                  माङसेबुङ ५ इलाम

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ६ : ५९ बजे