सागरको निर्देशनमा ‘नुरिकाङ वयो’ सार्वजनिक

किरात समाचारः रंगकर्मी, कलाकार तथा निर्देशक सागर केरुङको निर्देशनमा लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’ को भिडियो सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार मोनि ताम्लिङको शब्द, संगीत र आवाजमा सजिएको गीत ‘नुरिकाङ वयो’को भिडियो बिहिवार ओपेरा इन्टरटेन्मेन्ट युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हारुलुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन गरिएको भिडियोमा मधुराज केरुङ, सुक्मिता केरुङ र नोगेन हाङ्सरुम्बाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार