किरात समाचार: ‘डाँडा बजार’को सफलता पटि चलचित्र निर्माता, कलाकार तथा निर्देशक देउकृष्ण देवान लिंखा याक्खाको निर्देशन तथा अभिनयमा पुर्वेली लोक गीत ‘तमोर सलल’को भिडियो सार्वजनिक भएको छ ।
गीतकार सरिता राईको शव्दभावहरुमा देवेन्द्र लिम्बूको संगीत तथा गायकद्वय देबेन्द्र लिम्बू र डिबी लिम्बू तथा गायीकाद्वय सुनिता संयक लिम्बू र हिमाली लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक गीत ‘तमोर सलल’ को भिडियो युमा आर्टस् अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
मुना लिम्बूको निर्माणमा युवराज राई(बीरबहादुर)को छायाँकन रहेको भिडियोमा रेखा लिम्बू र युमन सोदेम्बा लिम्बूको अभिनय रहेको छ ।
सुरेश राई याक्खाको कोरियोग्राफीमा देउकृष्ण सँगै स्मृति लिंखा याक्खाको समेत अभिनय रहेको भिडियोमा रमेश सुनुवारको सहाय छायाँकन, बिकासको ड्रोन, सबिना उप्रेतिको मेकअप, आलिया गुरुङको सहायक मेकअप रहेको छ ।
राम कार्कीको संगीत संयोजनमा म्यूजिक मिडिया धरानमा बिजय श्रेष्ठले रेकर्ड गरेको गीतलाई कुमार सानु पुनले मिक्सिङ गरेका छन् ।
याक्खा धनबहादुर देवान, दिलीप याक्खा जिमी, गोमा याक्खा जिमी, आशा जिमी र थमन राई याक्खाको च्याब्रुङ नृत्य र सयौं जनाको कोरस नृत्य रहेको भिडियो शुक्रबार सार्वजनिक भएको हो ।